एफएकप : चेल्सीलाई पन्छाउँदै सिटी फाइनलमा

  Sampatti News

April 21, 2024

लन्डन — बर्नाडो सिल्भाले गरेको एक मात्र गोलको मद्दतले म्यानचेस्टर सिटीले शनिबार चेल्सीलाई १–० ले पराजित गर्दै एफएकपको फाइनल यात्रा तय गरेको छ । खेल सकिन छ मिनेट अगाडि सिल्भाले निर्णायक गोल गरेका हुन् ।

सिटी यसअघि मध्य साता युरोपेली च्याम्पियन्स लिगमा रियल म्याड्रिडको हातबाट पराजित भएको थियो । तर अब डिफेन्डिङ च्याम्पियन सिटीसामु घरेलु कप उपाधि जित्ने अवसर हुनेछ ।

उपाधि भिडन्तमा उसको प्रतिद्वन्द्वी म्यानचेस्टर युनाइटेड र कभेन्ट्रीबीच हुने दोस्रो सेमिफाइनलको विजेतासँग हुनेछ । सिटी १३ औं पल्ट एफएकपको फाइनल खेल्दैछ । गत सिजन सिटीले फाइनलमा युनाइटेडलाई हराएको थियो ।

प्रकाशित मिति:April 21, 2024