प्यूठानः मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु

  Sampatti News Online

April 21, 2024

दाङ । प्यूठानमा मोटरसाइकल दुर्घटना हुँदा दाङको घोराही उपमहानगरपालिका वडा नम्बर १५ का २७ वर्षीय बिमल डाँगीको मृत्यु भएको छ । रा ५ प १५२८ नम्बरको मोटरसाइकल प्यूठानको माण्डवी गाउँपालिका वडा नम्बर १ मुर्कुटी चौरमा अनियन्त्रित भएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका डाँगीको जिल्ला अस्पताल बिजुवारमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार अर्का एक जनालाई थप उपचारको लागि नेपालगन्ज रिफर गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति:April 21, 2024