कति पुग्याे डलरकाे भाउ ?

  Sampatti News

April 22, 2024

काठमाडाै । नेपाल राष्ट्र बैंकले आजकाे लागि जारी गरेको विदेशी मुद्राको विनिमय दर सार्वजानिक गरेकाे छ । बै‌कका अनुसार आजकाे लागि अमेरिकी डलर एकको खरिद दर अधिकतम १३३ रुपैया २६ पैसा र बिक्री दर १३३ रुपैया ८६ पैसा कायम भएकाे छ ।

युरोपियन यूरो एकको खरिद दर १४२ रुपैयाँ र बिक्री दर १४२ रुपैयाँ ६३ पैसा छ । त्यस्तै यूके पाउन्ड स्टलिङ एकको खरिद दर १६४ रुपैयाँ ८८ पैसा र बिक्री दर १६५ रुपैयाँ ६२ पैसा छ । स्वीस फ्रेङ्क एकको खरिद दर १४६ रुपैयाँ ४१ पैसा र बिक्री दर १४७ रुपैयाँ ०७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

अष्ट्रेलियन डलर एकको खरिद दर ८५ रुपैयाँ ५३ पैसा र बिक्री दर ८५ रुपैयाँ ९१ पैसा छ । क्यानेडियन डलर एकको खरिद दर ९६ रुपैयाँ ८८ पैसा छ भने बिक्री दर ९७ रुपैयाँ ३१ पैसा छ ।

राष्ट्र बैंकले जनाए अनुसार आज जापानी येन १० को खरिद दर नेपाली ८ रुपैयाँ ६२ पैसा र बिक्री दर ८ रुपैयाँ ६६ पैसा छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ४२ पैसा र बिक्री दर १८ रुपैयाँ ४९ पैसा रहेको छ ।

प्रकाशित मिति:April 22, 2024