सचिवको सरुवा, अर्थ मन्त्रालयको सचिवमा मरासिनीलाई सरुवा गर्ने निर्णय

  Sampatti News Online

April 22, 2024

काठमाडौँ । आज (सोमबार) बसेको मन्त्रिपरिषद् बैठकले दुई सचिवको सरुवा गरेको छ । बैठकले अर्थ मन्त्रालयको सचिवमा मधु कुमार मरासिनीलाई सरुवा गर्ने निर्णय गरेको छ । हाल अर्थ सचिव रहेका कृष्णहरि पुष्करलाई प्रधानमन्त्री कार्यालयमा सरुवा गरिएको छ ।

पेमेन्ट गेटवे अनियमितता प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत असोज १५ गते विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेपछि मरासिनी निलम्बनमा परेका थिए ।

केही दिनअघि अदालतले सफाइ दिएपछि उनको निलम्बन फुकुवा भएको थियो ।

प्रकाशित मिति:April 22, 2024