कतारका राजा अमिर र प्रधानमन्त्री पुष्पकमल दाहाल भेटवार्ता

  Sampatti News Online

April 24, 2024


काठमाडौं । नेपाल भ्रमणमा आएका कतारका राजा अमिर र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच आज सोल्टी हेटलमा भेटवार्ता भएको छ ।
सोल्टी होटलको कार्यक्रमपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले होटल द्वारिकामा आयोजना गरेको दिवा भोजमा कतारको टोली सहभागी हुने जनाईएको छ । त्यसपछि कतारी टोली आजै दिउँसो स्वदेश फर्किने कार्यक्रम छ ।
राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा दुईदिने राजकीय भ्रमणका लागि कतारका राजा भ्रमण दलका सदस्यहरुसहित मंगलबार काठमाडौं आएका थिए ।
पहिलोपटक नेपाल भ्रमणमा आएको अवसरमा सरकारले मंगलबार देशभर सार्वजनिक बिदा दिएको थियो ।

प्रकाशित मिति:April 24, 2024