गौर हत्याकाण्डसम्बन्धी मुद्दामा कारण देखाउ आदेश जारी

  Sampatti News Online

April 24, 2024

काठमाडौँ । सर्वोच्च अदालतले गौर हत्याकाण्डसम्बन्धी मुद्दामा कारण देखाउ आदेश जारी गरेको छ । बुधबार सर्वोच्चका न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले उक्त आदेश जारी गरेको हो ।

वि.सं. २०६४ चैत २७ गते तत्कालीन मधेशी जनअधिकार फोरम र नेकपा (माओवादी केन्द्र) का कार्यकर्ताबिचको झडपमा २८ जना माओवादी कार्यकर्ताको मृत्यु भएको थियो । जसलाई गौर हत्याकाण्डले चिनिन्छ ।

यस हत्याकाण्डविरुद्ध पीडित परिवारका तर्फबाट २०८० जेठ २१ गते त्रिभुवन साहले सर्वोच्च अदालतमा मुद्दा दर्ता गराएका थिए ।

प्रकाशित मिति:April 24, 2024