काठमाडौंका झण्डै २६ जना महिलामा क्यान्सर पोजेटिभ

  Sampatti News Online

April 25, 2024


काठमाण्डौँ । काठमाडौं महानगरपालिकाका वडा नम्बर ३, ३१, २५, र २७ का महिला जनप्रतिनिधि र कर्मचारी गरी ९२२ जनाको स्तन क्यान्सर र पाठेघरको मुखको क्यान्सरको जाँच गरिएको छ । जसमध्ये (जनप्रतिनिधि, कर्मचारी, वडा नं. ३१, २५ र २७ गरी) ७७९ जनाको रिपोर्ट आइसकेको महानगरले जनाएको छ ।
रिपोर्ट आएकामध्ये २६ जनामा पोजेटिभ (क्यान्सरको सम्भावना) देखिएको जनस्वास्थ्य निरीक्षक रञ्जनाकुमारी शाहले जानकारी दिइन् ।
रामघाट प्राथमिक स्वास्थ्य केन्द्रका स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा. सुनिता लम्सालकाअनुसार पोजेटिभ देखिएकामध्ये ९ जनाको कल्पस्कोपी (विशेष क्यामराबाट पाठेघरको मुखको अवस्था हेर्ने) र बायोप्सी (परीक्षणका लागि मासुको नमूना निकाल्ने) गरिएको छ ।
बायोस्पीको रिपोर्ट आउन ७ दिन लाग्छ । आज रामघाटमा कल्पस्कोपी र वायोप्सीका लागि १२ जनालाई बोलाइएको छ ।

प्रकाशित मिति:April 25, 2024