सिरहामा तीन वर्षीया बालिकाको हत्या आरोपमा दुई जना पक्राउ

  Sampatti News Online

April 29, 2024

सिराहा । सिरहामा तीन वर्षिया बालिकाको हत्या आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
सिरहा नगरपालिका–१८ जरुवा लक्ष्मिनियाँ टोलका रमेश यादवका तीन वर्षीया छोरी रिया कुमारीको हत्या अभियोगमा छिमेकी ४७ वर्षिया सोनादेवी र उनका छोरी पूजाकुमारी यादवलाई पक्राउ गरी आज सार्वजनिक गरिएको प्रहरीले जनाएको छ ।

घटनामा संलग्न भएको आशंका गरिएका सोनादेवीका श्रीमान् धनिकलाल यादव भने फरार रहेका छन् ।

गत बुधवार बिहानदेखि हराइरहेकी रियाको शव खोजतलासका क्रममा दुई दिनपछि शुक्रवार राति छिमेकी धनिकलाल यादवको घरमा फेला परेको जिल्ला प्रहरी कार्यालय सिरहाले जानकारी दिए ।

दुई परिवारबीच घरायसी झगडा हुँदै आएकाले सोही रिसइबीका कारण बालिकाको हत्या भएको हुनसक्ने प्रहरीको अनुमान छ ।

प्रकाशित मिति:April 29, 2024