नेप्सेमा झिनो अंकको वृद्धि, कारोबार रकम घट्यो

  Sampatti News Online

May 7, 2024

काठमाडौँ । मंगलबार नेप्से परिसूचक सामान्य अंक बढेर बन्द भएको छ। पछिल्ला ३ कारोबार दिनदेखि घटिरहेको नेप्से ,यस दिन भने सामान्य अंक बढेर बन्द भएको हो।

यस दिन नेप्से परिसूचक २.०६ अंक बढेर १९६०.८१ विन्दुमा पुगेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स १.७७ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.०९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.४३ अंक बढेको छ।

नेप्से बढेपनि यस दिन कारोबार रकम भने घटेको छ। अघिल्लो कारोबार दिन २ अर्ब ८९ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३१४ स्टकको ३८ हजार २१४ पटकको कारोबारमा २ अर्ब १४ करोड ५ लाख रुपैयाँ बराबरको ५० लाख ६४ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

 कारोबारमा आएकामध्ये १ सय २० वटा कम्पनीको सेयर मूल्य बढ्यो, १ सय १४ वटाको घट्यो र बाँकी ११ वटा कम्पनीको सेयर मूल्य स्थिर छ । यस दिन लघुवित्त कम्पनीहरुमा लगानीकर्ताहरुको आकर्षण देखिएको छ।

प्रकाशित मिति:May 7, 2024