सभामुखलाई रवि लामिछानेको पत्र

  Sampatti News Online

May 7, 2024

काठमाडौँ ।  उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले संसद्‍मा बोल्ने अनुमति माग गर्दै सभामुख देवराज घिमिरेलाई पत्र लेख्नुभएको छ । सहकारीको बचत अपचलनमा मुछिएका लामिछानेको बारेमा संसदीय छानबिन समिति गठनको माग गर्दै प्रमुख प्रतिपक्षी दल काँग्रेसले गत अधिवेशनमा अवरोध गरेपछि बोल्न नपाएका उनले २७ गतेबाट सुरु हुने नयाँ अधिवेशनमा बोल्न अनुमति मागेका हुन् ।

उनले संसद्‍मा उठेका विषय र मन्त्रीको हैसियतले दिनुपर्ने जवाफ दिन नपाउँदा प्रतिनिधिसभाको नियमावली २०७९ को नियम १५ को उपनियम २ मा भएको व्यवस्था उल्लंघन भएको उपप्रधानमन्त्री लामिछानेले बताए ।

उनले आफ्नाबारेमा उठेका प्रश्नहरूका सम्बन्धमा उजुरी जाहेरी अनुसन्धान तथा अभियोजन समेत नभएको महान्यायाधिवक्ता कार्यालयबाट जानकारी आएको लामिछानेले दाबी गरेका छन् ।

प्रकाशित मिति:May 7, 2024