काँग्रेसको व्यक्तिलक्षित संसदीय समितिको माग सम्भव छैन : एमालेका प्रमुख सचेतक बर्तौला

  Sampatti News Online

May 7, 2024

काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेशकुमार बर्तौलाले नेपाली कांग्रेसले व्यक्ति विशेष संसदीय समितिको माग गरेको भन्दै संसदीय छानबिन समिति बनाउने कुरा असम्भव रहेको बताएका छन् ।

मंगलबार (आज) सभामुख देवराज घिमिरेले दलका शीर्ष नेताहरूसँग गरेको छलफलपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेकपा एमालेका प्रमुख सचेतक महेशकुमार बर्तौलाले यस्तो भनेका हुन् । उनले उपप्रधान एवं गृहमन्त्रीलाई मात्रै लक्षित गरी काँग्रेसको संसदीय छानबिन समितिको माग गर्ने कुरा सम्भव नरहेको बताए ।

उनले समग्र सहकारी पीडितले न्याय पाउनुपर्छ भन्ने कुरामा संसदीय छानबिन समिति बनाउन कुनै असहमति नरहेको बताए ।

उनले गृहमन्त्रीमाथि लागेको आरोपबारे संसदमा नेकपा एमालेले सत्य तथ्य जान्न र सुन्न चाहेको बताए ।

प्रकाशित मिति:May 7, 2024