एक छात्रामाथि गोली प्रहार

  Sampatti News Online

May 7, 2024

काठमाडौं । झापामा कक्षा १२ को परीक्षा दिएर घर फर्किंदै गरेका एक छात्रामाथि आक्रमण भएको छ ।

अज्ञात व्यक्तिको गोली प्रहारबाट उदयपुर  स्थायी घर भई दमकमा अध्ययनरत १८ वर्षीया एमिका अधिकारीमाथि गोली प्रहार भएको हो।

उनलाई दमकस्थित लाइफ लाइन अस्पतालमा उपचारका लागि पठाइएको छ । अधिकारी दमकको हिमालय माध्यमिक विद्यालयमा अध्ययनरत रहेको प्रहरीले जनाएको छ । उनको पेटमा गोलीको छर्रा जस्तो वस्तु लागेको छ । तर यकिन नभएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति:May 7, 2024