प्रश्न उठ्नेबित्तिकै संसदीय छानबिन समिति गठन गरिहाल्नुपर्ने माग उचित छैनः गृहमन्त्री रवि लामिछाने

  Sampatti News Online

May 7, 2024

काठमाण्डौँ । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले सहकारी समस्या समाधानका लागि द्रुतमार्गमा कानून निर्माण गर्ने विषयमा सरकारले आवश्यक प्रक्रिया थालिसकेको बताएका छन् ।

सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष नेताहरूसँग बसेको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उपप्रधानमन्त्री लामिछानेले यस्तो प्रतिक्रिया दिएकी हुन् । कुनै पनि विषयमा प्रश्न उठ्नेबित्तिकै संसदीय छानबिन समिति गठन गरिहाल्नुपर्ने माग उचित नभएको उनको भनाइ थियो । सहकारी क्षेत्रमा देखिएको समस्या समाधानका लागि सरकार गम्भीर रहेको र ठगी प्रकरणमा जोडिएका जिबी राईलगायतलाई पक्राउ गर्न सरकार लागीपरेको उनले बताए ।

प्रकरणमा रास्वपाका सभापतिसमेत रहेका लामिछानेको नाम पनि मुछिएको छ । जसलाई प्रमुख प्रतिपक्षी दल कांग्रेसले आफ्नो ठूलै मुद्धा बनाएको छ । लामिछानेको संलग्नता सम्बन्धमा छानबिन गर्न संसदीय छानबिन समितिको माग गर्दै प्रमुख प्रतिपक्षी कांग्रेसले अघिल्लो अधिवेशनको अन्त्यतिर निरन्तर बैठक अवरोध गरेको थियो।

प्रकाशित मिति:May 7, 2024