लन्डनस्थित नेपाली दूतावास उपनियोगको प्रमुखमा रोशन खनाल

  Sampatti News

August 31, 2020

काठमाडौँ । लन्डनस्थित नेपाली दूतावासमा रिक्त रहेको उपनियोग प्रमुखको पदमा रोशन खनाल शनिबार लन्डन पुगेकी छिन् । तत्कालिन नेपाली दूतावास लन्डनका प्रवक्ता एवं उपनियोग प्रमुख शरदराज आरन आफ्नो चार वर्षे कार्यकाल सम्पन्न गरि बिहीबार मात्र नेपाल फर्किए पछि सोही जिम्मेवारी सम्हाल्न परराष्ट्र मन्त्रालयकी उपसचिव रोशन खनाल शनिबार लन्डन पुगेकी हुन् ।

उनले परराष्ट्र सेवामा एक दशक बिताइसकेकी छिन् भने पछिल्लो समय मन्त्रालयमा उत्तर पूर्वी एसिया डेस्क सम्हाल्दै आएकी थिइन् । शाखा अधिकृतबाट जागिर शुरु गरेकी खनालले इजरायलस्थित नेपाली दूतावासमा समेत फस्ट सेक्रेटरीको रुपमा चार वर्षे कार्यकाल सम्पन्न गरिसकेकी छन् । मंगलबारबाट खनालले औपचारिक रुपमा नेपाली दूतावास लन्डनको उपनियोग प्रमुखको कार्यभार सम्हाल्ने बताइएको छ ।

प्रकाशित मिति:August 31, 2020