होम डेलिभरीमा अवरोध नगर्न युवा उद्यमी मञ्चको माग

  Sampatti News

August 31, 2020

काठमाडौँ । नेपाल उद्योग परिसङ्घ युवा उद्यमी मञ्चले निषेधाज्ञाको समयमा अनलाइन होम डेलिभरी गर्ने व्यापार तथा व्यवसायमा कुनै पनि अवरोध नगर्न सरकारसँग माग गरेको छ । मञ्चले उक्त कारोवार सकेसम्म नगदरहित बनाउने प्रयास गरिएको आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

बन्दाबन्दी तथा निषेधाज्ञाको समयमा युवा व्यवसायीले सिर्जनात्मक काम स्वरुप नै मानिसको दैनिक उपभोग्य वस्तु घर घरमा पुर्याई नागरिकको दैनिक आवश्यकता परिपूर्ति गरेको मञ्चको भनाइ छ । अनलाइन प्रविधिमार्फत काम गरी घरमा सामान पु¥याउने यस्ता व्यवसायले आफ्नो वितरण प्रणालीलाई समेत अत्यन्तै सुरक्षित राखेको र सामान आपूर्ति गर्ने सवारी साधनलाई हरेक दिन निसङ्क्रमित गरिएको, कर्मचारीले व्यक्तिगत सुरक्षा सामग्री ९पिपिइ० लगाएको मञ्चले जनाएको छ ।

प्रकाशित मिति:August 31, 2020