हस्तक्षेप होइन समन्वय गर्न रुचाउँछन् : डिएसपी आचार्य

  Sampatti News

January 28, 2019

काठमाडौ । माइतीघर मण्डलामा सँधैजसो हुने धर्ना, जुलुस र आन्दोलन भइ नै रहन्छ । त्यही भिडमा महानगरीय प्रहरी बृत्त सिंहदरबारका कार्यालय प्रमुख डिएसपी काजीकुमार आचार्य भिड व्यवस्थापन गरिरहेको भेटिन्छन् । हेडक्वाटर उजुरी छानविन शाखाबाट ७ महिनाअगाडि मात्र सरुवा भई उनी महानगरीय प्रहरी बृत्त सिंहदरबार आएका हुन् ।
त्यसैपनि काठमाडौ सुरक्षाको दृष्टिकोणले अति नै सम्वेदनशील मानिन्छ । त्यसमा पनि काठमाडौको मुटु र भिआइपीहरु सँधैजसो ओहोर दोहोर गरिरहनुपर्ने यस माइतीघर मण्डला जहाँ सँधै नै विरोध प्रदर्शनलगायतका कार्यक्रमहरु भईरहन्छ त्यो ठाउँमा प्रर्दशनकारीहरुलाई व्यवस्थापन गर्ने कार्य अति नै जोखिमपूर्ण भएको भएपनि डिएसपी काजीकुमार त्यसमा कहिल्यै हार मान्दैनन् । विहान ६ बजेदेखि रातको १२ बजेसम्म अहोरात्र ड्युटीमा खटिइरहने आचार्य माइतीघरमा प्रदर्शन गर्न आउने प्रदर्शनकारीहरुलाई हस्तक्षेप गरेर अप्रिय घटना घटाउनुभन्दा उनीहरुसँग समन्वय गरी भिड व्यवस्थापन गर्नेलगायत शान्ति सुरक्षालाई चुस्त बनाउन प्रभावकारी ठान्दछन् ।
त्यसैगरी आरआर क्याम्पस, विश्वभाषा क्याम्पस, शंकरदेव क्याम्पसलगायत महत्वपूर्ण सरकारी कार्यालयहरु पनि यसै क्षेत्रमा पर्ने भएका कारण आफ्नो क्षेत्रमा शान्ति सुरक्षा दिलाउन आफ्नो कर्तव्य भएको बताउँछन् डिएसपी आचार्य । उनले सिंहदरबारभित्रको अनुसन्धानको जिम्मेवारी उनकै काँधमा छ । यस्तै, धेरैजसो निषेधित क्षेत्रहरुपनि आफ्नो एरियाभित्रै रहेकाले प्रदर्शनकारीहरु निषेधित क्षेत्र तोड्ने हरसम्भव प्रयास गरिरहेका हुन्छन् यसलाई रोक्नुपर्ने कठिन जिम्मेवारी उनले बहन गर्दै आएका छन् ।
यसैगरी माइतीघर–बबरमहलको सडक फराकिलो भएकाले साँझ परेपछि सडक खाली हुने र सवारी साधनहरु तीव्र गतिमा गुड्दा दुर्घटनाका सम्भावना रहने हुनाले यसलाई रोक्नुपर्ने आफ्नो दायित्व भएको डिएसपी आचार्य बताउँछन् ।

 

Chat Conversation End

प्रकाशित मिति:January 28, 2019