कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु

  Sampatti News

September 11, 2020

विराटनगर । कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा कोरोना संक्रमित एक महिलाको मृत्यु भएको हो । बिहीबार सिकिस्त अवस्थामा भर्ना भएकी विराटनगर–१९ मिलन चोककी ४४ वर्षीया महिलाको मृत्यु भएको हो ।

५ दिनदेखि ज्वरो आउनुका साथै श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई आफन्तले कोशी अस्पताल ल्याएका थिए । आइसोलेसनमा राखिएकी उनको अवस्था गम्भिर भएपछि बेलुका कोभिड १९ उपचार केन्द्रमा भर्ना गरिएको थियो ।

उपचारका क्रममा साँझ साढे ७ बजे मृत्यु भएको कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रका प्रमुख डाक्टर दीपक सिग्देलले जानकारी दिए ।

उनका अनुसार कोभिड १९ उपचार केन्द्रमा पुग्दा महिलाको शरिरमा अक्सिजनको मात्रा १८ प्रतिशत मात्र थियो ।

प्रकाशित मिति:September 11, 2020