साल्ट ट्रेडिङ्गका सञ्चालक समितिका सदस्य कीर्ति कुमार जोशीको निधन

  Sampatti News

November 26, 2020

काठमाडौँ । लामो समयदेखि साल्ट ट्रेडिङ्ग कर्पाेरेसन लिमिटेडमा सञ्चालक रहदै आएका सञ्चालक कीर्ति कुमार जोशीको मृत्यु भएको छ । उनको ७५ वर्षको उमेरमा आज मिति २०७७÷०८÷०९ गते कमलपोखरी स्थित हिमालय हस्पिटलमा उपचारको क्रममा मस्तिष्कघातका कारण निधन भएको हो ।
उनी साल्ट ट्रेडिङ्ग कर्पाेरेसन लिमिटेड अन्तरगतको खाद्य उद्योग लिमिटेड, वनस्पति घ्यु उद्योग लिमिटेडमा सञ्चालक रही काम गर्नु भएको थियो ।

कर्पाेरेसनले जोशीको निधनको खबरले कर्पाेरेसन परिवारलाई दुःखी बनाएको र कर्पाेरेसनले एक कुशल सञ्चालक गुमाएको जनाएको छ । साथै, शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना समेत गरेको छ ।
साल्ट ट्रेडिङ्ग कर्पाेरेसन लिमिटेडका संस्थापक लोकनाथ जोशीका नाति स्वर्गिय कीर्ति कुमार जोशीका श्रीमती र दुई जना छोराहरु रहेका छन् ।

प्रकाशित मिति:November 26, 2020