अवैध लागूऔषध सहित पक्राउ

  Sampatti News

November 26, 2020

काठमाडौं । चन्द्रागिरी नगरपालिका२ नागढुङ्गामा बा.७ ख ५८६४ नम्बरको बसबाट नियन्त्रित लागूऔषध ५ सय ७५ ट्याब्लेट नाइट्राभेट सहित सिरहा कर्जना नगरपालिका–९ बस्ने १९ वर्षीय राहुल कुमार पासवानलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । सिरहाबाट काठमाडौंतर्फ आउँदै गरेको उक्त बसमा प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार पासवानले झोलामा लुकाई ल्याएको उक्त लागूऔषध सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।

कास्की, पोखरा महानगरपालिका–३१ नहरचोकबाट १ किलो १ सय ग्राम अवैध लागूऔषध गाँजा, २ थान मोबाइल र ३ हजार ७ सय रुपैयाँ सहित ३ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा कास्की पोखरा महानगरपालिका–३१ किमबेशी बस्ने २६ वर्षीय जिबन भुजेल, रुपा गाउँपालिका–७ स्याक्लुङ बस्ने २६ वर्षीय रुबिन गुरुङ र पोखरा महानगरपालिका–३१ लामागाउँ बस्ने १७ वर्षीय किशोर रहेका छन् ।
लागूऔषध बेचबिखन तथा कारोबार भइरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय हशंपुरको मुकाम शिसुवा डाडाकोनाकबाट खटिएको प्रहरीले जाँच गर्दा उनीहरुले झोलामा लुकाई राखेको उक्त गाँजा फेला पारी पक्राउ गरेको हो ।

प्रकाशित मिति:November 26, 2020