कौडा र तास खलिरहेको अवस्थामा २७ जना पक्राउ

  Sampatti News

November 26, 2020

तनहुँ । ब्यास नगरपालिका–१२ बेलघारी बस्ने ४५ वर्षीय राजेन्द्र पन्तको कुखुराको फर्ममा कौडा खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४२ वर्षीय गणेश बैयलकोटी समेत १९ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । कौडा खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय भानुबाट खटिएको प्रहरीले उनीहरुलाई कौडा, नगद ३ लाख १० हजार ९ सय ९० रुपैयाँ सहित फेला पारी पक्राउ गरेको हो ।

दाङ, गढवा गाउँपालिका६ प्रनाहा बस्ने ४५ वर्षीय डिल्लीराज शर्मा भुसालको घरमा तास खेलिरहेको अवस्थामा भुसाल समेत ८ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । उनको घरमा तास खेलिरहेको भन्ने सूचना प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय गढवाबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ९४ हजार ६ सय १५ रुपैयाँ र १ गड्डी तास सहित पक्राउ गरेको हो ।

प्रकाशित मिति:November 26, 2020