प्रतिनिधि सभा विघटन भयसंगैँ सम्पत्ति रोक्काको माग राख्दै ः प्रचण्ड

  Sampatti News

December 31, 2020

प्रचण्ड–नेपाल नेतृत्वको नेकपाले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को नाममा रहेको बैंक खाता रोक्का गरि पाउँ भनि बैंकहरूलाई पत्र लेखेको छ।

प्रचण्ड–नेपाल नेतृत्वको नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र अर्का अध्यक्ष माधवकुमार नेपालले बैंकहरुलाई पत्र लेखेर खाता रोक्का गरिदिन आग्रह गरेका हुन्।

दुई अध्यक्षले लेखेको पत्रमा नेकपामा उत्पन्न विवादका कारण उत्पन्न परिस्थितिका कारण अर्को निर्णय नहुदासम्म बैंक खाता बन्द गर्न भनिएको एक स्थायी कमिटी सदस्यले सेतोपाटीलाई बताए।

ुनेकपाको नाममा कति पैसा छ भनेर अझै जानकारी गराइएको छैन। साबिकको दुवै पार्टीका सम्पत्ति एक ठाउँमा पार्ने काम पनि बाँकीनै थियो,ु ती स्थायी कमिटी सदस्यले भने, ुरकम ठूलै अंकमा छ। त्यसैले यसको रोक्का गर्न पत्र पठाउनु स्वभाविक हो।ु

नेकपा विभाजनसँगै नेकपाको सम्पत्तिलाई लिएर दुवै पक्षले –आफ्ना दाबी गरिरहेका छन्। प्रचण्ड–नेपाल पक्षले नेकपाको सम्पत्ति आफ्नो हुने दाबी गरेका छन् भने ओली पक्षीय नेकपाका नेताहरुले पूर्व एमालेको सम्पत्तिमा आँखा नलगाउन चेतावनी दिएका छन्।

आफूहरूलाई पेरिस डाँडाँ नचाहिने र धुम्बाराहीमा आउन नपाउने ओली पक्षको तर्क छ। पेरिस डाँडाँमा पूर्व माओवादीको कार्यालय छ भने धुम्बाराही पूर्व एमालेको कार्यालय छ।

एक साताअघि प्रचण्ड–नेपाल पक्षीय नेताहरू बल्खु पुगेर निर्माणाधिन पार्टी कार्यालयको निरीक्षण गरेका थिए। बल्खुमा पूर्व एमालेको पार्टी कार्यालय थियो। २०७२ सालको भुकम्पले क्षति पुर्‍याएपछि पार्टी कार्यालय धुम्बाराहीमा सरेको थियो।

नेकपा गठन भएपछि आर्थिक विभाग प्रमुखमा पूर्व माओवादीका हरिबोल गजुरेल थिए भने उपप्रमुखमा पूर्व एमालेका कृष्णगोपाल श्रेष्ठ थिए।

विभागले आफ्नो काम सुरू नगरेकाले पार्टीको सम्पत्तिबारे आफूलाई केही थाहा नभएको गजुरेलले बताय ।

प्रकाशित मिति:December 31, 2020