हाम्रो लडाइँ अग्रगमन र प्रतिगमनबीचको होः प्रचण्ड

  Sampatti News

February 8, 2021

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिले आफुहरु लडिरहेको लडाइँ अग्रगमन र प्रतिगमनबीचको भएको जिकिर गरेका छन् ।

एकीकृत अखिल नेपाल शिक्षक संगठनको राष्ट्रिय परिषद बैठकको उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले अहिलेको लडाइँ अग्रगमन र प्रतिगमनबीचकै भएकाले आफूहरु जनतासित नजिकएको बताएका हुन् ।

बैठकलाई सम्बोधन गर्दै प्रचण्डले केपी ओली शिक्षा क्षेत्रको बाधकको रुपमा रहेको आरोपसमेत लगाए ।

शिक्षक बौद्धिक हुने भएकाले ओली सधै डराउने, तर्सिने गरेको भन्दै उनले ओलीले सधैं पार्टीमा शिक्षकलाई अघि बढाउने काममा बाधकको भूमिका खेलेको आरोप लगाए ।

शिक्षकहरु न्याय, सत्य र प्रगतिको पक्षमा हुने भएकाले ओली जहिले पनि शिक्षकसित डराउने गरेको अध्यक्ष प्रचण्डको भनाइ छ ।

प्रकाशित मिति:February 8, 2021