जनतान्त्रिक तराई मुक्ति मोर्चाले भन्यो ‘कारवाही स्वरुप मालपोतमा बम विस्फोट गरेका हौँ’

  Sampatti News

March 14, 2021

जनकपुरधाम । जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी) लेसिरहाको लहानस्थित मालपोत कार्यालयमा आज दिउँसो गराइएको विस्फोट आफुले गरेको जानकारी गराएको छ । मार्चाका अध्यक्ष जयकृष्ण गोइतले एक विज्ञप्ति निकालेर बम विस्फोट आफुहरुले गरेको जानकारी गराएका छन् । तराईमा भ्रष्टाचार विरोधी अभियानअन्तर्गत सो विस्फोट गराइएको’ भन्दै सो समूहले भ्रष्टाचार र अपराध जारी नै रहे अझ ‘उच्चस्तरको कारबाही गरिने र त्यसको जिम्मेवार नेपाल सरकार र प्रदेश सरकार हुनुपर्ने चेतावनी दिइएको छ ।

दिउँसो १ बजे कार्यालयको मोठ फाँटमा गराइएको विस्फोटमा नायब सुब्बासहित ८ जना घाइते भएका थिए । गम्भीर घाइते २ जनालाई थप उपचारका लागि काठमाडौं र विराटनगर पठाइएको छ ।

बाँकी ६ जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति:March 14, 2021