सुन र नगदसहित ७ जना पक्राउ

  Sampatti News Online

April 26, 2024

काठमाडौं । काठमाडौंबाट प्रहरीले एक किलो सुनसहित ७ जनालाई पक्राउ गरेको छ। उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार एक किलो सुन र २ करोड रुपैयाँ नगदसहित ७ जना भारतीय नागरिकलाई पक्राउ परेका हुन्। नगद र सुन लिएर भारत जान लागेका बेला उनीहरूलाई पक्राउ गरिएको हो। थप विवरण पत्रकार सम्मेलनमा मार्फत दिइने प्रहरीले जनाएको छ।

प्रकाशित मिति:April 26, 2024