नेकपा स्थायी कमिटीले काेराेनासम्बन्धमा गर्यो ७ कार्यसूची तय

  Sampatti News

June 24, 2020

काठमाडौँ । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाकोे पाँचौ स्थायी कमिटीको आजको बैठकले सातवटा मुख्य कार्यसूची तय गरेको छ ।

कार्यसूचीमा अ‍ेमेरिकी सहयोगसँग सम्बन्धित मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसी, कोरोना लगायतका विषयलाई समेट्ने निर्णय गरेको पार्टी प्रवक्ता नरायण काजी श्रेष्ठले बताए ।

बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ११ बजेदेखि सुरु भएको थियो । बैठकमा सरकारका काममा कोभिड १९ को नियन्त्रण, उपचार र रोकथाम सीमाका समस्या र समाधानका विषय कार्यसूचीमा परेका छन् ।

सरकारको कामको समीक्षा पछि पार्टी एकताका बाँकी कामका विषयमा छलफल हुने कार्यसूचीमा समाविष्ट छ । नेकपाभित्र निकै विवादित विषय एमसिसीले पनि कार्यसूचीमा परेको हो ।

स्थायी कमिटी बैठकको सुरुवातमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले मन्तव्य राखेका थिए ।

त्यस्तै अर्को बैठक १२ गते बस्ने तय भएको छ ।

प्रकाशित मिति:June 24, 2020