भारतमा कोरोना भाइरस संक्रमितको संख्या वड्दो

  Sampatti News

March 30, 2021

काठमाडौँ । भारतमा पछिल्लो २४ घण्टामा ५६ हजार २११ जनामा कोरोना संक्रमण पुस्टि भयको छ । यससँगै कूल संक्रमित संख्या १ करोड २० लाख ९५ हजार ८५५ जना पुगेका छने । उक्त अवधीमा कोरोना भाइरस संक्रमणबाट २७१ जनाको मृत्यु भएपछि कूल मृतकको संख्या एक लाख ६२ हजार ११४ पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनयकाृ छ ।
कूल संक्रमितमध्ये पाँच लाख ४० हजार ७२० जना अहिले पनि संक्रमित अवस्थामै रहेका छन् भने एक करोड १३ लाख ९३ हजार २१ जना संक्रमणमुक्त भएका छन् । भारतमा जनवरी १६ बाट कोरोना भाइरसविरुद्धको खोप अभियान शुरु भएको थियो । सो समयदेखि हालसम्म ६ करोड १० लाख भन्दा बढिलाइ खोप दिइसकियको छ ।
भारतीय चिकित्सा अनुसन्धान परिषद्का अनुसा कोरोना परीक्षण गर्ने क्रम पनि चलिरहेको छ । परिषद्का अनुसार सोमबारसम्म भारतमा २४ करोड २६ लाख ५० हजारभन्दा बढी व्यक्तिको कोरोना परीक्षण गरिएको थीयो। मंगलबार एकै दिनमा ७ लाख ८५ हजारभन्दा बढीको कोरोना परीक्षण गरिएको भारतीय समाचारहरुले जनाइएका छन् ।

प्रकाशित मिति:March 30, 2021