इजिप्ट र जोर्डनका विदेशमन्त्री इराकमा

  Sampatti News

March 31, 2021

काठमाडौँ । इजिप्ट र जोर्डनका विदेशमन्त्री इराक पुगेका छन् । उनीहरु सोमबार इराक पुगेको बताइएको हो । उनीहरुले इराकका विदेशमन्त्रीसँग छलफल गर्नेछन् । उनीहरुको यो त्रिपक्षीय बैठकले यी देशका उच्चस्तरीय नेताहरुको बैठक तय गर्ने बताइएको छ । इराक, जोर्डन र इजिप्टका उच्चस्तरीय नेताहरुको संयुक्त बैठक हुन लागेको र सो बैठकको तयारीका लागि उहाँहरु त्यसतर्फ लाग्नुभएको तथा इराकमा रहेका यहाँका विदेशमन्त्री समेतको छलफलबाट सो बैठक तय गरिने बताइएको छ ।
सोमबार यी तीन देशका विदेशमन्त्रीहरुको इराकको राजधानी बगदादमा छलफल भएको थियो । सो छलफलबाट पछिल्लो समयमा इराकका साथै अरु क्षेत्रीय राजनीतिका विषयमा के कसरी विकसित भइरहेको छ भन्ने बारेमा पनि छलफल भएको थियो ।
सो छलफलपछि आयोजना गरिएको पत्रकार सम्मेलनमा उनीहरुले आगामी केही दिनमा नै यी तीन देशका उच्च नेताको बैठक आयोजना गर्ने बारेमा तयारी भएको बताएका थिए । सो त्रिपक्षीय बैठकमा तेलको पाइपलाइन, उर्जा, बिजुलीका साथै अरु आर्थिक मुद्दाहरु र क्षेत्रीय र विभिन्न अन्तर्राष्ट्रिय मुद्दाहरुमा पनि छलफल भएको पनि तीन देशका विदेशमन्त्रीले आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी दिए।

प्रकाशित मिति:March 31, 2021