माधव नेपाल समूहले छुट्टै कार्यालय खोल्ने

  Sampatti News

March 31, 2021

काठमाडौं ।पुर्व प्रधानमत्री माधवकुमार नेपाल समूहले छुट्टै कार्यालय खोल्ने भएको छ । यसका लागि भवनको खोजी भइरहेको नेता नेपालले बताउनु भयो।
युवा संघ नेपालको कार्यालय उद्घाटन कार्यक्रममा नेता नेपालले भने, ‘हामी पनि भवनको खोजीमा छौं । राम्रो र कार्यालय सुहाउँदो घर पाउनुभयो भने खबर गर्नुहोला ।’
सर्वोच्च अदालतले गत फागुन २३पुर्व एमाले र माओवादि जन्माइदियपछी पुनर्जीवित एमालेमा अध्यक्ष केपी शर्मा ओली र नेता नेपालको समूहबीच विवाद उत्कर्षमा पुगेको छ । नेपाल समूहले सर्वोच्चको फैसलाअनुसार २ जेठ २०७५ को कमिटी र नेतृत्व स्वीकार गर्नुपर्ने बताएको छ भने अध्यक्ष ओली साविकको नेकपा विभाजनका बेला आफ्नो समूहले बनाएको कमिटीहरुलाई नै निरन्तरता दिएको छ ।उक्त कारण नेता नेपालले छुट्टै कार्यालय खोल्न लागेका हुन्न ।

प्रकाशित मिति:March 31, 2021