सबैको ध्यान चुनावमा केन्द्रित गरौ:कल्याणी खडका ,स्थायी समिति सदस्य

  Sampatti News

December 18, 2021

काठमाडौ-नेकपा एकीकृत समाजवादी रौतहट काठमाडौ सम्पर्क मञ्चले आज काठमाडौमा रक्तदान कार्यक्रम आयोजना गरेको छ ।

मञ्चले आयोजना गरेको रक्तदान कार्यक्रमलाई संसदीय बिकास तथा प्रबिधि समितिका सभापति तथा पार्टी स्थायी समिति सदस्य कल्याणिकुमारी खड्काले उदघाटन गर्नुभएको थियो ।

रक्तदान कार्यक्रम उदघाटन गर्दै स्थायी समिति सदस्य कल्याणिकुमारी खड्काले सधैं मानव कल्याणकारी काममा जुटदै आएको सम्पर्क मञ्चले अब संगठन बिस्तार र आगामी निर्वाचनमा पार्टीलाई कसरी बिजय गराउन सकिन्छ भन्नेमा आफ्नो शक्ति केन्द्रित गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा बोल्दै स्थायी समिति सदस्य खडकाले कोभिडको चुनौतीपूर्ण अवस्थामा पनि मंचले कार्यक्रम आयोजना गरेकोमा धन्यवाद दिदै रक्तदान गर्नुहुने सबैलाई प्रमाणपत्र बितरण गर्दै विशेष धन्दवाद ज्ञापन गर्नुभयो।

कार्यक्रममा पार्टीका पोलिटब्युरो सदस्य पुर्व माननीय रामकुमार भट्टराई,पोलिटब्युरो सदस्य एवं सम्पर्क विशेषज कमिटी इन्चार्ज बिजय गुरुङ, पार्टीका कानुन बिभाग सदस्य नवराज तिमल्सिना, बिज्ञान प्रबिधि बिभाग सदस्य डा. दिपक गुप्ता, निर्वाचन आयोग सदस्य गोपाल श्रेष्ठ, नेपाल पत्रकार महासङका केन्द्रिय सचिब गोबिन्दप्रसाद चौलागाईं, एकीकृत समाजवादीका रौतहट पार्टी अध्यक्ष कमलराय यादव, प्रदेश न २ का अध्यक्ष बेदनाथ कोइराला, युवा नेता अर्जुन सिंह लगाएतका ब्याक्तित्वहरुकाे सहभागीता रहेकाे थियाे ।

कार्यक्रममा राैतहट जिल्लाबाट विभिन्न पेशामा आबद्ध रहेर काठमाडौ बस्ने ब्यक्तिहरूकाे सयौंको संख्यामा सहभागिता रहेको थियो ।

मञ्चका अध्यक्ष सचितकुमार कुइकेलको अध्यक्षमा भएको सो कार्यक्रम सचिब नमोनारायण झाले संचालन गर्नुभएको थियो ।

कार्यक्रममा पच्चीस जनाले रक्तदान गरेका थिए ।

प्रकाशित मिति:December 18, 2021