सम्झौता गर्न देउवा भारत भ्रमण जादै

  Sampatti News

December 24, 2021

सम्झौता गर्न देउवा भारत भ्रमण जादै

काठमाडौं-प्रधानमन्त्री शेरबहादुर देउवा पुस अन्तिम साता भारत भ्रमणमा जाने भएका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा देउवा भारत भ्रमणमा जाने भएका हुन् ।

प्रधानमन्त्री भएपछि देउवाको यो पहिलो भारत भ्रमण हुनेछ ।

नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट सभापतिमा निर्वाचित भएका प्रधानमन्त्री देउवाको भारत भ्रमणको बेला दुई देशका बीचमा महत्वपुर्ण सम्झौता समेत हुने बताइएको छ ।

नेपाल र भारत बीचको महाकाली सन्धि देउवाकै कार्यकालमा भएको थियो । महाकाली सन्धिका बेला त्यसको मुहान उल्लेख नगर्नुले अहिले लिपुलेक, लिम्पियाधुरा लगायतको भुभागको सन्द्रभमा भारतसँग नेपालको सिमाविबाद रहदै आएको छ ।

गत कात्तिकमा बेलायतको ग्लास्गोमा भएको जनवायु परिर्वतनसम्बन्धी सम्मेलन ‘कोपा–२६’ का क्रममा भएको भेटमा दुई देशका प्रधानमन्त्रीले भ्रमणको निम्तो दिएका थिए ।

बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री देउवाको भ्रमणका लागि जनवरी पहिला साताको मिति प्रस्ताव गरिएको छ, यद्यपि जनवरी १० मा पनि हुनसक्ने छ ।

सम्झौता गर्न देउवा भारत भ्रमण जादै

प्रकाशित मिति:December 24, 2021