नेपाल टेलिकमले ल्यायो विन्टर अफर २०७८

  Sampatti News

January 19, 2022

नेपाल टेलिकमले ल्यायो विन्टर अफर २०७८

काठमाडौँ-नेपाल टेलिकमले विन्टर अफर २०७८ सार्वजनिक गरेको छ ।

कम्पनीले पहिले उपलब्ध गराइरहेको अटम अफरलाई ग्राहकहरुको रुचि अनुसार परिमार्जन गरी थप आकर्षक बनाएर विन्टर अफर उपलब्ध गराउन लागेको टेलिकमले बताएको छ ।

टेलिकमको अफर अन्तर्गत कम्पनीले नै उपलब्ध गराइरहेको सजिलो अनलिमिटेड प्रिपेड डाटा अफरमा थप प्याकेज समेत उपलब्ध गराउने भएको हो ।

पहिले २८ दिनका लागि रु. ५९९ मा लिन सकिने “सजिलो अनलिमिटेड प्रिपेड ५९९” मात्र उपलब्ध भइरहेकोमा अब “सजिलो अनलिमिटेड प्रिपेड ७९९”, “सजिलो अनलिमिटेड प्रिपेड ९९९” र “सजिलो अनलिमिटेड प्रिपेड १४९९” प्याक समेत उपलब्ध हुने भएको छ ।

यसमा ग्राहकलाई अनलिमिटेड भ्वाइस कल र निश्चित डाटा (प्रतिदिन क्रमशः १ जीबी, २ जीबी र ४ जीबी) लगायका सेवाहरु उपलब्ध गराइएको टेलिकमले जनाएको छ ।

डाटा प्याक सकिए पनि अतिरिक्त शुल्क बिना नै इन्टरनेट चलाउन सकिने सुविधा यी प्याकहरुको मुख्य विशेषता रहेको टेलिकमले उल्लेख गरेको छ ।

सस्तो प्रिपेड कम्बो प्याकमा थप सुविधा उपलब्ध गराउने टेलिकमले जनाएको छ ।

कम्बो प्याक अन्तर्गत टेलिकमले रु. २९९ मा अब २८ दिन सम्म चलाउन मिल्ने गरी १५० मिनेट अन–नेट भ्वाइस कलका साथै २० वटा एसएमएस पठाउन र २ जीबी डाटा समेत चलाउन सकिने जनाएको छ ।

उपलब्ध भइरहेको विभिन्न अफर समेत निरन्तर रहने

यसैगरी, नेपाल टेलिकमको भ्वाइस ओभर एलटीई (भीओएलटीई) सेवा प्रयोगकर्ताहरुका लागि उपलब्ध भइरहेको विभिन्न अफर समेत निरन्तर रहने जनाएको छ ।

पहिलो पटक यो सेवा एक्टिभ गर्ने ग्राहकले २८ दिनसम्म प्रयोग गर्न सक्नेगरी निःशुल्क १०० मिनेट अन–नेट कलको सुविधा पाउने बताईएको छ ।

फोरजी होम ब्रोडब्यान्ड लिने ग्राहकका लागि मासिक र वार्षिक रुपमा लिन सकिने वेसिक र प्रिमियम प्याकेज उपलब्ध गराइने टेलिकमले बताएको छ ।
यी बाहेक टेलिकमले पहिलेदेखि नै उपलब्ध अधिकांश अफरलाई निरन्तरता दिइएको जनाएको छ ।

ग्राहकले ८ज्ञद्धज्ञछ३ डायल गरेर अफर प्राप्त गर्न सक्ने टेलिकमले बताएको छ ।

कम्पनीको ‘नेपाल टेलिकम’ एपबाट यस सम्बन्धी अझबढी जानकारी लिन तथा सेवा खरिद गर्न मिल्ने समेत टेलिकमले जानकारी गराएको छ ।

कम्पनीको वेबसाइट www.ntc.net.np मार्फत विस्तृत जानकारी प्राप्त गर्न सकिने टेलिकमले जारी गरेको सुचनामा उल्लेख छ ।

नेपाल टेलिकमले ल्यायो विन्टर अफर २०७८

प्रकाशित मिति:January 19, 2022