देशभरका यातायात कार्यालयको सेवा अनिश्चितकालका लागि बन्द

  Sampatti News

March 23, 2022

काठमाडौं-देशभरका यातायात कार्यालयको सेवा अनिश्चितकालका लागि बन्द भएको छ ।

प्राबिधिक समस्याका कारण सेवा बन्द गर्नु परेको यातायात कार्यलयले जनाएको छ ।

यातायात व्यवस्था विभागका सर्भरहरूमा समस्या देखिएको र सो समस्या समाधान गर्न बुधबार बेलुका ५ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि सेवा बन्द हुने भएको हो ।

विभागका प्रवक्ता डा.लोकनाथ भुसालले समस्या समाधानको प्रयास भइरहेको र नबन्दासम्म सेवा बन्द गरिने बताए ।

यसअघि पनि विभागको सर्भरमा समस्या आउँदा अनलाइन फारम, लाइसेन्स प्रिन्ट, नविकरण लगायतका सेवामा समस्या उत्पन्न हुँदै आएको थियो ।

प्रकाशित मिति:March 23, 2022