मन्त्री आले बिरुद्ध सचिव न्यौपाने: रेग्मीको बचाउ देखी डलर तस्करलाई विमानस्थलको पास सम्म

  Sampatti News

April 1, 2022

सुसन भट्टराई,काठमाडौं-सरकार परिर्वतन भएसँगै पार्टी परिर्वतन गर्दै चलखेल गर्न खप्पिस सचिब महेश्वर न्यौपाने अहिलेका लोकप्रिय मन्त्री प्रेम आलेलाई बदनाम गर्न लागिपरेका छन् ।

पर्यटनबोर्डका प्रमुख सीईओ धनञ्जय रेग्मीको बिवादसँगै चुलिएको पर्यटन तथा नागरिक उड्यन मन्त्रालयको बिवाद दिन प्रतिदिन बढ्दै गईरहेको छ ।

हालसालै मात्र सञ्चार माध्यममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रतिक्षालयमा आफन्त कुर्दा एक सय रुपैयाँसम्म असुली धन्दा हुने गरेको समाचार बाहिर आइरहेका बेला अहिले अर्को काण्डले फेरी पर्यटन मन्त्रालयलाई बिवादमा तानेको छ ।

हाल विमानस्थलमा डलर तस्करीमा मुछिएका व्यक्तिलाई सचिव न्यौपाने तथा प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारीले स्टेराइल क्षेत्रसम्मको पास लिएको अर्को काण्ड बाहिर आएको छ ।

नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारी तथा सचिव महेश्वर न्यौपानेको दवाबमा २०७५ चैत २२ गते डलर तस्करीको आरोपमा पक्राउ परेका सुवास श्रेष्ठलाई पास दिईएको समाचार स्रोतले बताएको छ ।

उनै तस्कर अहिले विमानस्थलको स्टेराइल क्षेत्रमा निर्माणाधिन एयरपोर्ट टी, कफी एण्ड कन्फेक्सनरी सप प्रालिको नामको पास लिएर निर्वाध रुपमा अवैध धन्दा चलाइरहेको विमानस्थल स्रोतले जनाएको छ ।

उक्त टी, कफी एण्ड कन्फेक्सनरी सप प्रालिसँग सरोकारनै नभएको ब्यक्तिलाई उक्त क्षेत्रसम्मको पास दिएको विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले पुष्टी गरेका छन् ।

डलर तस्करी गर्दा गर्दै सुवास श्रेष्ठ २०७५ चैत २२ गते पक्राउ परेसँगै गृह मन्त्रालयले सुरक्षामा गम्भिर खतरा उत्पन्न भएको भन्दै उक्त पसल नै सिल गरेको थियो ।

पसल सिलभएसँगै रनभुल्लमा परेका पसलका बास्तबिक सञ्चालक गोपालबाबु श्रेष्ठ पसल सञ्चालन गर्न पाउँ भन्दै सर्वोच्च अदालत पुगे ।

गोपालबाबुले सर्वोच्च अदालतमा पेस गरेको निवेदनमा ‘सुवास श्रेष्ठ आफ्नो पसलसँग सरोकार नै नभएको असम्बन्धित व्यक्ति’ भन्दै निवेदन पेश गरेका थिए ।

बिमानस्थल जस्तो अति संवेदनशील क्षेत्रमा बिमानस्थल प्रशासनले डलर तस्करी गर्दा गर्दै पक्राउ परेका श्रेष्ठलाई मुद्धा टुङ्गो नलाग्दै उक्त ब्यक्तीलाई फोटो सहितको पास दिएर राज्यलेनै सुरक्षा चुनौति थपेको जानकारहरुले बताएका छन् ।

सामाचार स्रोतका अनुसार संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव महेश्वर न्यौपाने र नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारीले सयुक्त रुपमा विमानस्थललाई दबाब दिएपछि श्रेष्ठले पास पाएका छन् ।

त्यस बाहेक हाल सचिव न्यौपाने तथा महानिर्देशक प्रदिप अधिकारी र विमानस्थलका महाप्रवन्धक प्रेमनाथ ठाकुरको मौन सर्मथनमा स्टेराइल क्षेत्रभित्रको उक्त कफीसप अहिले नियम विपरित निर्माण कार्य भइरहेको छ ।

सचिव न्यौपानेको धरातल

सचिव न्यौपाने भक्तपुर जिल्ला चाङ्गुनारायण नगरपालिका झौखेल न्यौपाने टोलका स्थिाई बासिन्दा हुन् ।

सचिव न्यौपाने पुर्व सचिव वामनप्रसाद न्यौपानेका भतिजो हुन् । झौखेल न्यौपाने टोलका सामान्य परिवारका सदस्य महेश्वरको आज अर्थिक हैसिएत फेरिएको छ ।
उनको काठमाडौँको बिभिन्न स्थानमा करिव ८—९ वटा आलिसान बंगला रहेको छ ।

आर्थिक हैसिएत परिवर्तन भएसँगै उनले त्यो न्यौपाने टोललाई विर्सिसकेका छन् ।

सचिव न्यौपानेले उद्योग विभागका महानिर्देशक पदमा रहँदा एनसेलको लाभाशं असुल गर्ने चर्चा चलिरहँदा राजस्व दाखिलातिर ध्यान नदिई ६० लाखको लोभमा मन्त्रालयलाई समन्वय नै नगरी कम्पनी रजिष्टारको कार्यालयलाई एनसेलकोे पक्षमा पत्राचार गरेका थिए ।

पूर्वमन्त्री महेश बस्नेतसँग जिल्लावासीको साईनो गासेर उद्योग विभागमा छिरिका उनले त्यसताका बालुवाटार क्षेत्रमा एक आलिसान बंगला खरिद गर्न सफल भएका थिए ।

उद्योगमा बस्दा गरेको अनियमितताको उजुरीको ठेली अख्तियारमा लाग्दा उनले आफूँ सचिव भएर अख्तियारमा आएसँगै सबै मिलाएर आफैँले आफैँलाई सफाई दिएको चर्चा अहिले पनि ताजै रहेको छ ।

मन्त्री प्रेम आले बिरुद्ध सचिव न्यौपानेको खेल

पर्यटन मन्त्री प्रेम आलेको चर्चा चुलिईरहदा बिवादमा आएमा एक ब्यक्ती हुन् पर्यटन बोर्डका सीईओ धनञ्जय रेग्मी ।

निकै बिवादमा आएका सीईओ रेग्मीलाई अपदस्त गराउन पुरै पर्यटन तथा नागरिक उड्यन मन्त्रालय लागि पर्दा समेत त्यो सफल हुन सकेको छैन् ।

केपि ओलीका निकै निकट भएर ओली सरकारको समयमा गृह सचिव भएका सचिव महेश्वर न्यौपानेले देखावटी रुपमा २०७८ चैत १० गते विहीबारसम्ममा तेस्रो प्रयास गरेका छन् ।

एक महिनामा तिन पटक सम्म सीईओ रेग्मीलाई हटाउन प्रयास गरिनु र हटउन नसक्नुले सचिव न्यौपाने माथी नै शंका उब्जिएको छ ।

केपी ओली निकट सचिव न्यौपाने र योगेश भट्टराईले नियुक्त गरेका सिईओ रेग्मी भएको हुदा न्यौपाने रेग्मीलाई जोगाउने प्रपञ्चमा लागी परेको समाचार स्रोतले बताएको छ ।

पर्यटन मन्त्री प्रेम आले जसरी पनि सीईओ रेग्मीलाई हटाउने प्रयासमा लागेका छन् ।

सचिव न्यौपाने पनि देखावटी रुपमा मन्त्री आलेकै पक्षमा आफु रहेको देखाउन लगातार बोर्ड बैठक बोलाएर बसिरहेका छन् ।

मन्त्री आलेलाई पेण्डुलम बनाउनेगरी सचिव न्यौपानेले ३ वटा बैठक असफल तुल्याई सकेका छन् ।

सचिव न्यौपानेले हिजो बिहीबार बोर्ड बैठक साढे पाँच बजेका लागि बोलाएका थिए ।

चैत ९ गते बुधवार राति बिहीवार साँझ साढे ५ बजेका लागि बोर्ड बैठकको भनेर खबर पठाएका थिए ।

एक्कासी बोर्ड बैठक बोलाएका कारण् निजी क्षेत्रका बोर्ड सदस्यहरुमध्ये केही काठमाडौं बाहिर भएका कारण काठमाडौं आईहाल्न भ्याउने अवस्था थिएन ।

त्यो जान्दा जान्दै पनि सचिवले मन्त्री आलेलाई असफल देखाउने हिसावमा लगातार बोर्ड बैठक बोलाउदै काम गरेको जस्तो अग्रसर देखाउन खोजेको देखिएको छ ।

हवाई माफियाको स्र्वाथमा मन्त्री प्रेम आलेलाई मनाएर मन्त्रालयमा सचिवको रुपमा भित्रिएका न्यौपाने अहिले केपि ओलीबाट निर्दैशित रहेको समाचार स्रोतले बताएको छ ।

ओलि सरकारको पालामा गृह सचिव भएका न्यौपाने अहिले योगेश र ओलीको निर्देशनमा परिचालित हुदै मन्त्री आलेलाई समाप्त पर्ने गरी भित्रभित्रै अगाडी बढेको बुझिएको छ ।

मन्त्रीको अगाडी चिल्ला चिल्ला कुरा गरेर उनलाई रिझाउदै रचनात्मक रुपमा असहयोग गर्ने सचिव न्यौपानेको पछिल्लो पटक महिनाकै तिन पटक बोलाएको औचित्यहिन बोर्ड बैठकले पनि पुष्टी गर्दछ ।

सचिव न्यौपानेको यस्तो रवैयाले उनी आलटाल गर्दै निर्वाचन आचार संहिता लागू हुने दिन कुरेर बसेको आरोप मन्त्रीको सचिवालयका मानिसहरूले लगाउन थालेका छन् ।

बैठकका लागि कोरम पुग्न र कारबाहीका लागि बहुमत सदस्य आवश्यक पर्छ । ११ सदस्यीय बोर्ड सदस्यमध्ये कम्तीमा ६ जना आवश्यक पर्छ ।

तर, पछिल्ला दिनमा उक्त कोरम पुर्याउन नसकेर सचिव न्यौपाने बाहिर हैरानी र भित्र गदगद् भएका छन् ।

निजी क्षेत्रबाट बोर्डका प्रतिनिधित्व गर्ने ५ जना बोर्ड सदस्य एकठाउँमा उभिएको अवस्थामा मात्रै बोर्डमा बहुमत पुग्ने अवस्था रहन्छ ।

यि सबै कुरा सचिव न्यौपानेलाई ज्ञात छ तर, अहिलेसम्मका तीनवटा प्रयासमै बोर्ड बैठकमा सचिव अध्यक्ष न्यौपानेले बहुमत पुर्याउन सकेका छैनन ।

चैत १० गते बिहीबार निजी क्षेत्रका बोर्ड सदस्यहरु कृष्णबहादुर शाह, ङवाङ शेर्पा, उपाध्यक्ष चन्द्र रिजाललगायत काठमाडौं बाहिर रहेको सचिव न्यौपानेलाई थाहा थियो तर अध्यक्ष न्यौपानेले बैठक बोलाइनै रहे ।

निर्वाचन आचार संहिता लागू भएपछि निष्काशन र नियुक्ति गर्न नपाइने भएका कारण सीईओ धनञ्जय रेग्मीको समूहसँग सेटिङ गरेर मन्त्री प्रेम आलेका आँखामा छारो हाल्न सचिव न्यौपानेले अनेक बाहनाबाजी र नाटक गर्ने गरेको आरोप लागेको छ ।

आफूले भने जस्तो काम गर्ने भन्दै मन्त्री आलेले सचिव यादव कोइरालालाई हटाएर सचिव महेश्वर न्यौपानेलाई पर्यटनमा ल्याएका थिए ।

अहिले गलत नियतका साथ सचिव न्यौपानेले मन्त्री आलेलाई फन फनी घुमाएर रेग्मीलाई बचाउने प्रपञ्चमा लागेका छन् ।

प्रकाशित मिति:April 1, 2022