शुलभ अग्रवाल विरुद्ध चारमुद्दा चलाउन सिफारिसः साढे ४ वर्ष सम्म कैद हुन सक्ने

  Sampatti News

April 26, 2020

काठमाडौँ । शंकर ग्रुपका सञ्चालक शुलभ अग्रवाललाई चार वटा मुद्दा चलाउन प्रहरीले सिफारिस गरेको छ ।

कालोबजारी गरेको आरोपमा पक्राउ परेका अग्रवाललाई महानगरीय प्रहरी परिषद् काठमाडौँले चार वटा मुद्दा चलाउन सिफारिस गरेको हो ।


सिफारिसमा अग्रवाललाई कालोबजार तथा कही अन्य सामाजिक अपराध तथा सजाय ऐन,२०३२ अनुसार कालोबजारी, नाफाखोरी, जामाखोरी तथा कृतिम अभावको मुद्दा चलाउन सिफारिस गरिएको छ ।

पक्राउ परेका बेला उनी कीर्गिस्तानका अवैतानिक दूतसमेत भएकाले मुलुकी संहिताअनुसार सार्वजनिक पदको दुरुपयोगमा पनि उनलाई मुद्दा चलाउन सिफारिस गरिएको छ ।


यो सबैमा गर्दा उनलाई अधिकतम साढे ४ वर्षसम्म जेल सजाय हुनसक्छ ।
अग्रवाल थर्मल गन र केही स्वास्थ्य सामाग्रीसहित चैत २५ गते पक्राउ परेका हुन् ।

प्रकाशित मिति:April 26, 2020