न्याय खोज्दै काठमाडौं आएका मिटर ब्याज पीडितमाथी प्रहरी गरे हस्तक्षेप

  Sampatti News Online

September 12, 2022

२७ भदौ, काठमाडौं । न्याय खोज्दै काठमाडौं आएका मिटर ब्याज पीडितहरुको आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेका छन् । मिटर ब्याजका कारण समस्यामा परेको भन्दै न्याय माग्न काठमाडौं आएर प्रदर्शन गरिरहेको पीडितले कीर्तिपुरबाट प्रदर्शन सुरु गरेका थिए ।

उनीहरूले र्‍यालीसहित माइतघर मण्डलमा पुगेर प्रदर्शन गर्ने तयारी गरेका थिए । तर उनीहरुलाई कीर्तिपुरमा नै प्रहरीले हस्तक्षेप गरेका छन् र प्रदर्शनमा सहभागीलाई लाठी हान्दै प्रहरीले पक्राउ गरेका छन् ।

प्रदर्शनमा सहभागी ५०(६० जना सबैलाई प्रहरीले पक्राउ गरेका हुन् । त्यसक्रममा केही प्रदर्शनकारी घाइते समेत भएका छन् । प्रदर्शनमा सहभागी भएका कुलबहादुर थापाको टाउको फुटेको मिटर ब्याज पीडितहरुले बताएका छन् ।

प्रकाशित मिति:September 12, 2022