गृह, अख्तियार र बाणिज्य सचिबहरुको सरुवा, सिंह घिमिरे र राय नयाँ जिम्मेवारीमा

  Sampatti News Online

September 13, 2022

काठमाडौं । सरकारले गृहसचिवमा प्रदेश नं १ का प्रमुख सचिव विनोदप्रकाश सिंहलाई ल्याएको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले गृहसचिव टेकनारायण पाण्डेलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा गरिएको छ ।

यसैगरी, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव तोयम रायलाई वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सरुवा गरिएको छ भने आपूर्ति मन्त्रालयका गणेश पाण्डेलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा गरिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव रामप्रसाद घिमिरेलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सरुवा गरिएको छ ।

यसैगरी, मन्त्रिपरिषद् बैठकले राष्ट्रिय अनुसन्धान विभागको प्रमुखमा हुतराज थापालाई नियुक्त गरेको छ । सरकारले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा प्रधानमन्त्री कार्यालयका ताराप्रसाद अधिकारीलाई पनि सरुवा गरेको छ । सम्पत्रि शुद्धीकरण अनुसन्धान विभागका प्रेम भट्टराईलाई प्रधानमन्त्री कार्यालय लगिएको बताइएको छ।

प्रकाशित मिति:September 13, 2022