४४ अंक बढ्यो नेप्से

  Sampatti News Online

October 9, 2022

दशैं पछिको पहिलो कारोबार दिन नेप्से परिसूचक साढे ४४ अंक बढेर बन्द भएको छ। यस दिन नेप्से परिसूचक ४४.६२ अंक बढेर १८९८.३८ विन्दुमा पुगेको छ।

त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स ८.७८ अंक बढेको छ भने फ्लोट इण्डेक्स ३.३७ अंक र सेन्सेटिभ इण्डेक्स ३.२२ अंक बढेको छ।

यस दिन २२४ स्टकको १४ हजार ९९१ पटकको कारोबारमा ८३ करोड ६८ लाख ७३ हजार रुपैयाँ बराबरको २५ लाख ३३ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन सप्तकोशी डेभलपमेन्ट बैंकको शेयरमूल्य सर्वाधिक ९.९५ प्रतिशत बढेको छ। त्यसैगरी, यस दिन उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य ९.८४ प्रतिशत बढेको छ। कारोबारमा आएको गुहेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्स र मितेरी डेभलपमेन्ट बैंकको शेयरमूल्य यस दिन ८ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन मूल्य घटेका शीर्ष १० स्टकमध्ये अधिकांश म्युचुअल फण्ड रहेका छन्।

कारोबार रकमका आधारमा यस दिन हिमालयन एभरेष्ट इन्स्योरेन्सको २२ करोड ६९ लाख रुपैयाँ बराबरको संस्थापक शेयर खरिदबिक्री भएको छ। त्यस्तै, यस दिन नबिल बैंकको साढे ३ करोडभन्दा बढीको शेयर कारोबार भएको छ भने हिमालयन डिष्टिलरीको २ करोडभन्दा बढीको शेयर किनबेच भएको छ।

आइतबार १३ उपसमूहमध्ये सबै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये वित्त उपसमूहको परिसूचक सर्वाधिक ४.६९ प्रतिशत बढेको छ। त्यसैगरी, विकास बैंक उपसमूहको परिसूचक ४.५० प्रतिशत बढेको छ भने जलविद्युत, लगानी, जीवन बीमा, उत्पादन तथा प्रशोधन, लघुवित्त र अन्य उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ।

प्रकाशित मिति:October 9, 2022