जनकपुरमाथि काठमाडौंको फराकिलो जित

  Sampatti News Online

January 1, 2023

काठमाडौँ — काठमाडौं नाइट्सले नेपाल टी–२० मा जनकपुर रोयल्समाथि आइतबार ९० रनले जित निकालेको छ । टीयू मैदानमा १ सय ८१ रनको लक्ष्य पछ्याएको जनकपुरले १९.१ ओभरमा अलआउट हुनु अगाडि ९० रन मात्र बनाउन सक्यो ।

त्यसमा प्रारम्भिक ब्याटनर अरफुदिन असरफको ३३ रन नै सर्वाधिक ठूलो व्यक्तिगत स्कोर रह्यो । काठमाडौंका लागि अविनाश बोहराले चार तथा अजमतुल्लाहम उमरजाईले दुई विकेट लिए ।

त्यस अगाडि पहिले ब्याटिङ गरेको काठमाडौंले छ विकेट गुमाएर १ सय ८० रन बनाएको थियो । त्यसमा सुनाम गौतमले ४७ बलमा ६२ रन बनाए र उनी नै ‘प्लेयर अफ द म्याच’ रहे । यस्तै, रायन बर्लले ६१ रन बनाए र नटआउट रहे ।

प्रकाशित मिति:January 1, 2023