भारतीय मिडियामा पार्टी भित्रका कुरा कसरी आउँछन्?- प्रधानमन्त्री ओलि

  Sampatti News

June 30, 2020

काठमाडौँ। प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी ओलीले पार्टी बैठकमा भएका कुरा तथा विषयहरू दिल्लीको मिडियामा आएकोप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।

उनले बाहिरी मिडियामा पार्टीका कुरा कसरी हुबहु आए भन्दै नेताहरूप्रति औला ठड्याएका हुन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठकमा पार्टी अध्यक्ष ओलीले बैठकमा भएका कुरा र दिल्लीका मिडियामा आएका कुराहरू कसरी हुबहु मिले रु भन्ने प्रश्न गरेका हुन् ।

भारतले आफूलाई प्रधानमन्त्रीबाट हटाउन खोजेको अभिव्यक्ति दिएकामा पार्टी नेताहरूले जवाफ मागेपछि प्रत्युत्तरमा उनले पार्टीका नेताहरुबाटै सूचना लीक भएको आशय व्यक्त गरेका हुन् ।

बैठकमा अर्का अध्यक्ष पुष्पकमल दाहाल, माधवकुमार नेपाल, झलनाथ खनाल र वामदेव गौतमले भारतले सरकार ढलाउन लागेको भनि दिएको अभिव्यक्ति पुष्टि गर्न चुनौती दिएका छन् ।

चारै जना नेताले दूतावासले सरकार ढलाउन लागेको भए के के भएको थियो रु जवाफ दिन भनेका थिए ।

नेताहरूबाट प्रश्नको वर्षा भएपछि प्रधानमन्त्री ओली छोटो उत्तर दिँदै बाहिरिएका थिए ।

प्रकाशित मिति:June 30, 2020