मोटरसाइकल चोरी गरेको आरोपमा दुईजना पक्राउ

  Sampatti News Online

May 2, 2023

काठमाडौँ। काठमाडौं उपत्यकामा मोटरसाइकल चोरी गरेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेका छन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-३ धार्पा घर भई हाल ललितपुरको भैंसेपाटी बस्‍ने २५ वर्षीय विजय भन्‍ने लोकबहादुर पाख्रिन र काभ्रेको तिमाल गाउँपालिका-७ धुल्खु घर भई हाल बौद्ध नयाँबस्‍ती बस्‍ने २८ वर्षीय हेमा भन्‍ने सुजन तामाङ रहेका छन् ।

उपत्यकाका विभिन्‍न स्थानबाट मोटरसाइकलहरू चोरी हुने गरेको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । अपराध अनुसन्धान कार्यालयका अनुसार विजय भन्‍ने लोकबहादुर पाख्रिनलाई भैंसेपाटीबाट पक्राउ गरी सोधपुछ गर्दै जाँदा सुजन तामाङ पक्राउ परेका हुन् । पक्राउ परेका उनीहरुलाई थप अनुसन्धानका लागि प्रहरी वृत्त चापागाउँ पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति:May 2, 2023