१२१ वटा उजुरी परे सार्वजनिक लेखा समितिमा, बैठक सञ्चालन सम्बन्धी कार्यविधि बनाइने

  Sampatti News

May 31, 2023

काठमाडौँ । संघीय संसद, प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिमा हालसम्म १२१ वटा उजुरी परेको समितिका ज्येष्ठ सदस्य सभापति अर्जुननरसिंह केसीले बताएका छ । बुधवार दिउँसो सिंहदरबारमा बसेको संघीय संसद् अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा सांसदहरुलाई सभापित केसीले सो जानकारी दिएका हुन् ।उनले समितिमा हालसम्म परेका नयाँ र पुराना उजुरीमाथि समितिका सांसदहरुले अध्ययन गर्न सक्ने बताए।उनले समितिले जुनसुकै समयमा उजुरी दिने र पर्ने दुवैलाई राखेर छलफल गर्नुपर्ने आवश्यक्ता भए छलफल हुनुपर्ने बताए। उनले समितिले पक्ष वा विपक्ष कसैलाई पनि आग्रह वा पूर्वाग्रह राखेर हेर्न नहुने बताए।
यसैबीच समितिले बैठक सञ्चालन सम्बन्धी आन्तरिक कार्यविधिको मस्यौदा बनाउन ५ सदस्यीय उपसमिति गठन गरेको छ । समितिको बैठकले नेपाली काँग्रेसका सांसद राजन केसीको संयोजकत्वमा उपसमिति बनाएको हो ।उपसमितिका सदस्यमा सांसदहरु ऋषिकेश पोखरेल, अमरेशकुमार सिंह, हरि ढकाल र रामकृष्ण यादव रहेका छन् । उप–समितिलाई समितिको आगामी बैठकमा समितिको आन्तरिक कार्यविधि तयार गरी पेस गर्ने कार्यदेश दिएको समितिले जनाएको छ ।

प्रकाशित मिति:May 31, 2023