मौलापुर र फतुवा विजयपुरमा बढी सिचाईको योजना

  Sampatti News

June 7, 2023

रौतहट । रौतहटको पश्चिमी भेग मौलापुर र फतूवा विजयपुर नगरपालीकामा जिल्लामै सबभन्दा बढी सिचाईको योजनाको काम भईरहेको छ।
पूर्व मन्त्री प्रभू साहको पहलमा दुबै नगरपालीकामा २० करोड भन्दा बढीको सिचाई प्रणालीको निर्माण कार्य भइरहेको बताईएको छ।
पूर्व मन्त्री तथा आमजनता पार्टीका अध्यक्ष प्रभू साह द्वारा मंगलवार सिचाई योजनाको अनुगमन गर्न अघि फतुवा गाउँमा भएको अन्तर्क्रिया कार्यक्रममा डिवीजन सिचाई रौतहटका प्रमुख सुमन झाले जिल्लामै सबभन्दा बढी सिचाईको योजनाको काम दुबै नगरपालीकामा भैरहेको बताउँदै हप्ताको ३ पटक स्थलगत निरीक्षण गर्दै आएको बताएका छन। यस आर्थीक वर्षमा अकोनवा अरुवा सिचाई योजना फटुव विजयपुरमा ६ करोड ४३ लाख ३५ हजारको लागतमा ठेक्का प्रक्रिया बाट राजदेवी भक्त कन्स्ट्र्सन गौर द्वारा सिचाई प्रणालीको निर्माण कार्य भइरहेको प्रमुख झाले बताएका छन। उक्त सिचाई योजनाको निर्माण पछी २१० हेक्टर जागा सिंचित हुनेछ। त्यसैगरी अरूवा सिंचाई योजना टेंग्राँहामा ४ करोड ६९ लाख १४ हजार को लागतमा सिचाई प्रणालीको काम ठेक्का प्रकृया बाट कन्काई राजदेवी भक्त जेवि द्वारा भएको तथा उपभोक्ता मार्फत जारिरहेको छ। उक्त योजना बाट ५८० हेक्टर जागा सिंचित हुनेछ। त्यसतै बुनियाद सिंचाई योजना अन्तर्गत कूल ५ करोड,५८ लाख ७५ हजारको लागतमा ठेक्का प्रक्रिया बाट कन्काई राजदेवी भक्त जेवी द्वारा सिचाई प्रणालीको काम पूरा भएको तथा उपभोक्ता मार्फत हुने काम जारिरहेको डिवीजन सिचाई रौतहटका प्रमुख सुमन झाले जानकारी दिएका छन। सुलभ आरुवा सिंचाई योजना लक्षमिनीय दोस्तियामा ३ करोड,६७ लाख,३ हजारको लागतमा खड्का कृष्ण बंगलामुखी जेवी द्वारा निर्माण भएको तथा उपभोक्ता मार्फत हुने काम प्रारम्भ भएको। उक्त योजना बाट ४५० हेक्टर जग्गा सिंचित हुनेछ। त्यसैगरि पाँच मौजे सिचाई योजना फटुवामा २ करोड,७७ लाख,६४ हजारको लागतमा ठेक्का प्रक्रिया बाट दिवा आरपी जेवी सिचाई प्रणालीको निर्माण कार्य भएको छ। उक्त योजना बाट ४०५ हेक्टर जागा सिंचित हुनेछ। उक्त योजनाको लागानी संघिय सरकारको रहेको छ भने अन्य योजनाहरूमा मधेश प्रदेश सरकारको लगानी रहेको बताइएको छ।
उता माउलापुर नगरपालिका अन्तर्गत सुन्दरपुर सिंचाई योजनाको र सुन्दरपुर सिंचाई योजना मेवा को विष्ट्रीत अध्ययन भएर ठेक्का प्रक्रिया मा रहेको डिवीजन सिचाई रौतहटका प्रमुख सुमन झाले जानकारी दिएका छन् ।

सम्बन्धित समाचार

आमजनता पार्टीको कटहरिया नगरभेला सम्पन्न

मौलापुर र फतुवा विजयपुरमा बढी सिचाईको योजना

प्रकाशित मिति:June 7, 2023