यस्तो छ २९ जेष्ठ २०८० आज सोमबारको राशिफल

  Sampatti News Online

June 12, 2023

मेष : (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) कुनै रोगले दुस्ख दिन सक्ने समय छ । खानामा सतर्कता अपनाउनु राम्रो हुनेछ, विशेषगरी उत्तर दिशाको यात्रामा ध्यान पुर्याउनुहोला ।

मिथुन : (का, कि, कु, घ, ङ, छ, के, को, हा) आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसर जुट्ला । बन्दव्यापार र पेसाव्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्नेछ ।

सिंह : (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज फजुल खर्चले चिन्ता बढाउनेछ । साना तिना समस्यामा अल्झिनुपर्ने देखिन्छ । प्रेमी र प्रेमिकाका बिच खिन्नता बढ्नेछ ।

तुला: (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) तर्क, विवाद र प्रतिस्पर्धामा पकड भएको समय छ । एउटै आर्थिक कारोबारमा सफलता पाइएला । आफन्तले सहयोग गर्नेछन् ।

धनु : (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज मित्रहरूले दिएको वचन फेरिन सक्छ । व्यवसायमा मन्दी आउनेछ, तर मनको डरले सताए पनि व्यवहारमा फाइदा हुनेछ ।

बृष : (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज नयाँ र शुभकार्यको चर्चा चल्नेछ । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । घर जग्गाको कारोबारमा सफलता मिल्ला ।

कर्कट : (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) मन मिल्ने साथीको सहयोग र हौसला मिल्नेछ । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । रमाइलो यात्राको योग रहेको छ ।

कन्या: (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज धार्मिक र सांस्कृतिक कार्यमा सरिक हुने अवसर रहेको छ । प्रेमीले नयाँ स्थानको भ्रमण गर्ने प्रस्ताव राख्न पनि सक्छन् ।

बृश्चिक: (तो, ना, नि, नु, ने, नो, या, यि, यु) विशेष यज्ञयागादि तथा धार्मिक कृत्यमा सहभागीको अवसर मिल्नेछ । भौतिक साधन जुटाउने समय छ । रमाइलो यात्राको योग रहेको छ ।

मकर: (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि) आज कुनै कुराले मनमा शान्ति छाउनेछ । गरेको जागिरमा पद र प्रतिष्ठा बढ्नेछ । रोकिएका काम पुनः सुरु पनि हुन सक्छन् ।

कुम्भ : (गु, गे, गो, सा, सि, सु, से, सो, दा) लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । पर्यटकीय स्थलको भ्रमणले मन लोभ्याउनेछ । मङ्गल कार्यको योग छ ।

मीन : (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । व्यवसायको सन्दर्भमा रमाइलो यात्रा होला । सन्तान सुख मिल्न सक्छ ।

प्रकाशित मिति:June 12, 2023