यस्तो छ ३० जेष्ठ २०८० मंगलबारको राशिफल

  Sampatti News Online

June 13, 2023

मेष : (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज भनेको कुराको विपरीत अर्थ लाग्नसक्छ । व्यापारको सिलसिलामा घरबाट टाढा जानुपर्ने हुन सक्छ, तर वैदेशिक कार्यहरू अघि बढ्नेछन् ।

मिथुन : (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज प्रतीक्षा गरिएको काम पूरा हुनेछ । परिवारमा रमाइलो जमघट हुनेछ र अभिभावकले सन्तुष्टि जनाउने छन् । आफन्तसँग भेटघाट पनि हुनेछ ।

सिंह : (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज बेला बेलामा मनमा अशान्ति तथा चञ्चलता आउन सक्छ । परिवारका लागि धेरै समय दिन पाइने छैन, तर आर्थिक लाभ भने मिल्नसक्छ ।

तुला : (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) दिन भाग्यशाली भएर देखा पर्नेछ । कूटनीतिक नियोगको सहयोग मिल्ला । सामाजिक कामबाट प्रशंसा प्राप्त हुनेछ । नयाँ वस्त्र पनि प्राप्त हुनेछ ।

धनु: (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज आम्दानी नहुँदा आर्थिक रुपमा कमजोर भएको महसुस हुनेछ, तर ठूलाबडाको आशीर्वादले पाइएमा भने रोकिएको काम बन्नसक्छ ।

बृष : (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) सामाजिक प्रतिष्ठा कायम राख्न लगानी गर्ने समय आएको छ । नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ । न्यायिक कार्यमा सफलता मिल्नेछ ।

कर्कट : (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ । धैर्य एवं लगनशीलताले विभिन्न अवसर दिलाउनेछ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला ।

कन्या: (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज लाभदायक यात्रा हुनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । सामाजिक प्रतिष्ठा कायम राख्न लगानी गर्ने समय पनि आएको छ ।

बृश्चिक : (तो, ना, नि, नु, ने, नो, या, यि, यु) सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ । प्रेम र मित्रताको बन्धन कसिनुका साथै बाहन लाभ हुने समय छ । सफल यात्राको योग पनि छ ।

मकर : (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि) तर्क, विवाद र प्रतिस्पर्धामा पकड भएको समय छ । एउटै आर्थिक कारोबारमा सफलता पाइएला । साथीभाइले पनि राम्रै सहयोग जुटाउनेछन् ।

कुम्भ : (गु, गे, गो, सा, सि, सु, से, सो, दा) रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । बढी मिहिनेत गर्दा अधिक प्रगति हुनेछ । तर अरुको भलाइका लागि अनावश्यक दौडधुप गर्नु पर्नेछ ।

मीन : (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) व्यापारिक वा दैनिक कामहरू सन्तोषजनक ढंगले सम्पन्न हुनेछन् । वैदेशिक व्यापार, कृषि व्यवसाय र नोकरी गर्नेका लागि सन्तोषजनक रहनेछ ।

प्रकाशित मिति:June 13, 2023