ग्यारेन्टी सहित वर्ल्डलिंकको इन्टरनेट ग्राहक सेवा, ‘स्पिड स्लो’ भए पैसा फिर्ता हुने !

  Sampatti News Online

June 23, 2023

काठमाडौं । वर्ल्डलिंकले ग्राहकलाई ढुक्क बनाउने ‘सर्भिस ग्यारेन्टी’ को सुविधा ल्याएको छ । निजी क्षेत्रको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेशन्सले इन्टरनेटको गति कम भए पैसा फिर्ता गर्नेसम्मको सुविधा ल्याएको हो ।


नेपाली इन्टरनेट सेवाप्रदायकहरु बीच पहिलो पटक वर्ल्डलिंकले शर्त अनुसारको सेवाग्राहकले नपाए रकमफिर्ता गर्ने योजना ल्याएको छ। आफ्ना ग्राहकहरुलाई अब वर्ल्डलिंकको इन्टरनेट ‘स्पिड स्लो’ हुँदैन भन्ने विश्वास दिलाउन रकम नै फिर्ता दिने योजना ल्याएको हो। यो समयमा जब अरु सबै कम्पनीहरु मूल्यको प्रतिस्पर्धामा रहेका बेला आफूहरुले गुणस्तरिय सेवालाई प्राथमिकता दिएको कम्पनीले जनाएको छ ।

वर्ल्डलिंकले देशभरका मुख्य शहरहरुमा ( Money Back Guarantee) मनी ब्याक ग्यारेन्टीको सुविधा लागु हुने जनाएको छ।

स्ट्यान्डर्ड प्याकेज प्रयोग कर्ताले पाउ छन् मनी ब्याक ग्यारेन्टी
वर्ल्डलिंकका ७ लाख ८० हजार ग्राहकहरुरहेका छन् भने जस अन्तर्गत ‘स्ट्यान्डर्ड अफर प्याकेज’ २०० एमबीपीएस, २५० एमबीपीएस र ३०० एमबीपीएसको इन्टरनेट प्रयोग गर्ने प्रयोग कर्ताहरुले कुनै थप शुल्क बिना नै यो सेवापाउने जानकारी गराइन्छ।

यी बाहेक अरु कुनै प्याकेजमा रहेका ग्राहकहरुलाई यो ( Money Back Guarantee) मनी ब्याक ग्यारेन्टीको सुविधा उपलब्ध हुनेछैन भने यदि उनीहरुले आफ्नो प्याकेजलाई अपग्रेड गरे भने मात्र यो सुविधा पाउने वर्ल्डलिंकले जनाएको छ ।

कसरीदाबीगर्नेरुकति रकमफिर्ता हुन्छ ?
ग्राहकको इन्टरनेट स्पिड स्लो हुँने वित्तिकै रकमफिर्ता पाइहाल्ने भने होइन। स्ट्यान्डर्ड प्याकेज प्रयोगकर्ताले आफ्नो स्पिड स्लो भएको फोन मार्फत, शाखाकार्यालय वा अनलाइन सेवा बाट जानकारी गराउनु पर्नेछ।


वर्ल्डलिंकले आफ्ना प्राविधिक कर्मचारीलाई ग्राहक को ठेगानामा ईन्टरनेट स्पीड चेक गर्न पठाँउ नेछ, ईन्टरनेट स्लो भएको कारण पत्ता लगाइ समस्याको समाधान गर्नेछ । तथापि स्पीडको समस्या यथावत रहेमा ग्राहकले मनी ब्याक ग्यारेन्टी सुविधा अन्तर्गत पैसा फिर्ता माग गर्न सक्नेछ।
रकमफिर्ता मागगर्दा ग्राहकले प्याकेज लिएको जति दिन बाँकी रहन्छ सो बराबरको रकम मात्र फिर्ता पाउने व्यवस्था गरेको छ। उदाहरणकोलागि ९० दिनको प्याकेज लिएकोे ग्राहकले २५ दिनउपभोग गरीसकेको छ भने ६५ दिनको रकममात्रफिर्ता पाउनेछ।

कसले दाबी गर्ने ?
इन्टरनेट स्पिड स्लो भएको ग्राहकहरुले (२०० एमबीपीएस, २५० एमबीपीएस र ३०० एमबीपीएस) यस सुविधा अन्तर्गत आफ्नो गुनासो दाबी गर्न सक्छन्।
यदि इन्टरनेट स्पिड स्लो हुँदा वर्ल्डलिंकले समस्या समाधान गर्न नसकेको खण्डमा मात्र ( Money Back Guarantee) मनी ब्याक ग्यारेन्टी अफर लागु हुनेछ।

प्रकाशित मिति:June 23, 2023