रौतहट चन्द्रपुर नपामा नयाँ कार्यकारी प्रमुखमा पुरी, मेयर काफ्लेको बढ्यो चुरिफुरी

  Sampatti News

September 6, 2023

रौतहटको चन्द्रपुर नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत फेरिएका छन् । यसअघि करिब ५ महिना कार्यभार सम्हालेर जितपुर सिमरा उपमहानगरपालिका सरुवा भएका हरिलाल पुरी पुनः चन्द्रपुर नगरपालिकामै सरुवा भएका छन् ।
प्रमुख प्रशासकीय अधिकृत पुरीलाई फकाएर गत वर्ष जस्तै होलसेल काम गराउने दाउमा लागेका नगर प्रमुख संजय कुमार काफ्ले, उपप्रमुख जयमाला कुमारी चौधरीलगायत कर्मचारी र जनप्रतिनीधिहरुले एक कार्यक्रम कै आयोजना गरेर स्वागत कार्यक्रम गरेका थिए ।

बृन्दाबन नपामा पच्चीस किलोको मालाले कार्यकारी प्रमुख लाई स्वागत गरेको चर्चा अझै सेलाएको छैन, यसैबीच नयाँ आएका पुरी लाई चन्द्रपुरका मेयरले बृन्दावनलाइ माथ गर्ने गरि त्यो २५ केजीको भन्दा बढी भद्दा मजाग हुने स्वागत गरेको देख्दा काङ्ग्रेसी नै छक्क परेका थिए । एउटा जान्छ अर्को आउँछ यो सामान्य प्रक्रिया हो तर मन्त्रालयको सचिब नया आउँदा भन्दा बढी महत्त्व दिएर स्वागत गर्नुको रहस्य के ? प्रश्न उठेको छ।

नगर भित्र डेङ्गु को औषधि अभाव

नगर भित्रका तमाम समस्या एकातिर छ नगरवासि डेङ्गुको मारमा छ्न् निशुल्क औषधि दिने भनिएपनी त्यो सस्तो प्रचारका रुपमा स्थापित भएको छ। नगरपालिका भित्रका युवा ,विद्यार्थीलाई थप आसा जगाउने कार्यक्रम शन्यू जस्तै छ।अभिभावक निरास छ्न्। होटल ब्यबसायमा चरम बिकृती छ यस्तो अवस्थामा किसान मल नपाएर हैरान छ्न्। कतिपय स्थानमा ब्यबस्थित मल बितवरण हुन नसक्दा गरिब किसान थप मारमा परेका छ्न्। यस्तो स्वागत पाएपछि कार्यक्रममा हाैसिएका प्रशासकीय अधिकृत पुरीले जनप्रतिनीधिहरुको सपना साकार पार्नका लागि आफू प्रतिवद्ध हुने बताएका थिए अब नगरवासिको सपना भन्दा जनप्रतिनिधिको सपना साकार पारेर कार्यकारी प्रमुख प्रिय भन्न खोज्दा गत वर्ष चरम भ्रस्टाचार भएकाे भन्दै बिपक्षी दल र स्वयं मेयर पक्षधरले बिरोध गरेर अख्तियार गुहारेका थिए ।

अब कार्यकारीले जनप्रतिनिधिको सपना भन्दा सुशासन स्थापित गराउने आफ्नो मुल जिम्मेवारी बोध गरुन जानकार बताउछ्न् । प्रमुख प्रशासकीय अधिकृत पुरी माओवादी तर्फ आस्था राख्ने कर्मचारी भएको चन्द्रपुर माओवादीका एक नेताले सम्पत्ति न्युज सँगकाे भेटमा बताए । पुरी मकवानपुरको थाहा नगरपालिका,बारा हुँदै चन्द्रपुर नपा भित्रिएका हुन। नयाँ आएका प्रशासकीय अधिकृत पुरी मेयरको स्वार्थपुर्तीका कामलाई प्राथमिकता राख्ने मात्रै होइन आवश्यकताका आधारमा योजना छनोट गरि अनुगमनका कामलाई प्रभाबकारी बनाउदै जनपक्षीय काममा कृयाशिल हुन सकुन। कुरा मात्रै होइन।नगरवासिको शुभकामना छ एक काङ्ग्रेसी नेताले सम्पत्ति न्युजसगँ भने।

पार्टीको खोलमा जोगिएका मेयर काफ्लेका काम अख्तियारले देख्दैन ?

नागरिकको प्रश्न ?

गत आर्थिक वर्ष मात्रै मेयर काफ्लेले १० करोड कमाएको चर्चा बजारमा चलेको छ। गत वर्षका फाइलहरु अख्तियारले राम्रोसँग अनुसन्धान गर्ने हो भने मेयर अख्तियारको फन्दामा पर्ने रौतहटको दोश्रो मेयरका रूपमा दर्ज हुन सक्छ्न् समाचार श्रोत बताउछ।

प्रकाशित मिति:September 6, 2023