आजको दिन तपाईंको राशिफल कस्तो छ ?

  Sampatti News Online

January 8, 2024

मेष : आज लगनशीलताको कमीले गर्दा ठूलो उपलब्धि हात पार्न नसकिएला । समय प्रतिकुल भई कुलतमा मन जानसक्छ ।

वृष : दिन सामान्य राम्रो छ। हरेक क्षेत्र सबल रहे पनि सवारी साधनमा हिँड्दा गति सुस्त गर्नु राम्रो हुन्छ। उत्तरको यात्रा नगर्नु। शिक्षाको क्षेत्रमा गरेको लगानीबाट राम्रो उन्नति हुनेछ। परिवारको साथ र सहयोग मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मिथुन : आजको दैनिकी सामान्य छ। हरेक क्षेत्रको चिन्ता लाग्नसक्छ। मित्रहरु टाढा हुनसक्ने देखिन्छ। विद्याको क्षेत्रमा प्रगति हुनेछ। वैदेशिक क्षेत्रमा लाभ प्राप्त होला। परिवारको साथ र सहयोग मिल्नेछ।

कर्कट : शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। तीव्र गतिको सवारी साधनमा यात्रा नगर्नु राम्रो हुन्छ। परिवारसँग बस्नुभयो भने दिन रमाइलो हुनेछ।

सिंह : दिन सामान्य राम्रो छ। अचानक खर्च बढ्ने योग रहेको छ। शिक्षाको क्षेत्रमा उन्नति हुनेछ। परिवारमा विश्वासको खडेरी पर्ने योग रहेको छ। प्रेम सम्बन्धमा मनमुटाव हुनसक्छ।

कन्या : आजको दैनिकी सामान्य राम्रो छ। हरेक क्षेत्रका गोचरी राम्रा छन्। जुनसुकै कामको लागि आफ्नै मेहनत आवश्यक देखिन्छ। अरुको सहयोग लिन खोज्दा विवाद हुनेछ। दाजुभाइसँगको सहकार्यले फाइदा हुनेछ।

तुला : दिन राम्रो छ। निजी काम भन्दा परोपकार गर्नु राम्रो हुन्छ। आज गरेको कामको प्रशंसा लामो समयसम्म हुन्छ। परिवारको साथ मिल्नेछ।

वृश्चिक : दैनिकी सामान्य छ। मनमा चञ्चलता बढ्नेछ। निराशाको मनोवृत्तिले काममा मन नजान सक्छ। सूर्यको दर्शन गरेर गरेको काममा सफलता मिल्नेछ। परिवारको साथ र सहयोग पाइने छ।

धनु : आजको दिन राम्रो छ। शिक्षा, स्वास्थ्य र रोजगारीमा फाइदा हुन्छ। राज्यको तर्फबाट मानसम्मान प्राप्त हुने योग देखिन्छ। पारिवारिक सम्बन्धमा समस्या हुने भएकाले सोचेर बोल्नु राम्रो हुन्छ।

मकर : संघर्ष गरेर अगाडि बढ्नुपर्ने देखिन्छ। हरेक क्षेत्रको नेतृत्व आफैले गर्नु राम्रो हुन्छ। परिवारको साथले दिन खुशीका साथ बित्ने देखिन्छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कुम्भ : आज शुभकार्यको चर्चा चल्नेछ । सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ । प्रेम र मित्रताको बन्धन कसिने बेला छ । शिक्षाको क्षेत्रमा राम्रो नतिजा प्राप्त हुने योग रहेको छ।

मीन : आज सजिलै अरुको विश्वास जित्न गाह्रो पर्ला। विद्या र बुद्धिमा पनि ह्रास आउन सक्छ, तर धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन्।

प्रकाशित मिति:January 8, 2024