साहित्यकार विश्वम्भर चञ्चलको निधन

  Sampatti News Online

January 8, 2024

काठमाडौं । नेपाली साहित्यमा कथाकारको रुपमा प्रसिद्ध चञ्चल २०२० सालमा रुपरेखा साहित्यिक मासिकमा प्रकाशित ‘एक लास हाँसिरहेछ’ कवितामार्फत नेपाली साहित्यमा प्रवेश गरेका थिए ।कविता लेखनबाट साहित्य यात्रा सुरु गरे पनि उनको लेखनको प्रमुख विधा भने कथा रह्यो । उनले बाल साहित्यमा पनि आफूलाई संलग्न गराए । लेखनको उत्तरार्धमा उनले संस्मरण, यात्रा संस्मरण लगायतका गद्य विधामा समेत कलम चलाएका थिए । उनको संलग्नता अनुवाद र सम्पादनमा समेत थियो ।

चञ्चलका अतृप्ति २०२६, विश्वम्भर चञ्चलका कथाहरु २०३३, जीवनवृत्त २०४०, युध्द भड्किरहेछ २०४७, अनामनगर २०५४, गन्तव्यहीन दिशाहीन २०५७लगायत कृति प्रकाशित छन् ।त्यस्तै उनका यात्रा संस्मरणहरुमा क्षितिजदेखि क्षितिजसम्म, बाँचेको युग मरेका मान्छे, ईन्मेरिका लगायत छन् ।

उनका बाल साहित्यमा टमको बहादुरी ९बाल उपन्यास, २०३०, पञ्चैबाजा ९बाल लोककथा, २०३०, ओक्कल दोक्कल बालगीत संग्रह, २०३८, वायुपङ्खी घोडा बालकथा संग्रह, २०४६, बझाङका तारा २०४०, मुसो चिं(चिं बिरालो म्याउँ ९बालगीत, २०४७, झ्याँतै तुली९बालगीत, २०५३०, अष्ट चिरञ्जीवी ९जीवनी, २०५५०, के कसरी बन्छ रु ९हास्यकथानक भोजन गाथा, २०५७, हाम्रो सम्पदा ९चिनारी, २०५८, जादूको बादल ९बालकथा, २०५९, बलभन्दा बुध्दि ठूलो बालकथा, २०६० लगायतका कृति छन् । मलाई एउटा कथा भनिदिनोस् न २०५५ उनले अङ्ग्रेजीबाट अनुवाद गरेको बाल साहित्यको कृति हो ।

उनले विद्यालय स्तरका पाठ्यपुस्तक पनि लेखेका थिए ।

चञ्चलले साहित्य सेवाका लागि विविध पुरस्कार समेत प्राप्त गरेका थिए । उनले मैनाली कथा पुरस्कार २०४३, राष्ट्रिय बाल साहित्य पुरस्कार २०५४, बाल पुस्तक पुरस्कार २०४७, रत्न बाल पुरस्कार २०५७, नूर गङ्गा बाल साहित्य पुरस्कार २०६९ प्राप्त गरेका थिए ।

सरकारी सेवामा आफ्नो जीवनको लामो कालखण्ड बिताएका उनी साझा प्रकाशनका सञ्चालक तथा महाप्रबन्धक समेत भएका थिए ।

पछिल्लो समय उच्च रक्तचाप र मधुमेहबाट पीडित थिए ।

साहित्यकार विश्वम्भर चञ्चलको निधन
काठमाडौं । साहित्यकार विश्वम्भर चञ्चलको निधन भएको छ । उनको आइतबार ८२ वर्षको उमेरमा निधन भएको हो ।

नेपाली साहित्यमा कथाकारको रुपमा प्रसिद्ध चञ्चल २०२० सालमा रुपरेखा साहित्यिक मासिकमा प्रकाशित ‘एक लास हाँसिरहेछ’ कवितामार्फत नेपाली साहित्यमा प्रवेश गरेका थिए ।कविता लेखनबाट साहित्य यात्रा सुरु गरे पनि उनको लेखनको प्रमुख विधा भने कथा रह्यो । उनले बाल साहित्यमा पनि आफूलाई संलग्न गराए । लेखनको उत्तरार्धमा उनले संस्मरण, यात्रा संस्मरण लगायतका गद्य विधामा समेत कलम चलाएका थिए । उनको संलग्नता अनुवाद र सम्पादनमा समेत थियो ।

चञ्चलका अतृप्ति २०२६, विश्वम्भर चञ्चलका कथाहरु २०३३, जीवनवृत्त २०४०, युध्द भड्किरहेछ २०४७, अनामनगर २०५४, गन्तव्यहीन दिशाहीन २०५७लगायत कृति प्रकाशित छन् ।त्यस्तै उनका यात्रा संस्मरणहरुमा क्षितिजदेखि क्षितिजसम्म, बाँचेको युग मरेका मान्छे, ईन्मेरिका लगायत छन् ।

उनका बाल साहित्यमा टमको बहादुरी ९बाल उपन्यास, २०३०, पञ्चैबाजा बाल लोककथा, २०३०, ओक्कल दोक्कल बालगीत संग्रह, २०३८, वायुपङ्खी घोडा बालकथा संग्रह, २०४६, बझाङका तारा २०४०, मुसो चिंचिं बिरालो म्याउँ बालगीत, २०४७, झ्याँतै तुली९बालगीत, २०५३, अष्ट चिरञ्जीवी जीवनी, २०५५, के कसरी बन्छ रु हास्यकथानक भोजन गाथा, २०५७, हाम्रो सम्पदा चिनारी, २०५८, जादूको बादल बालकथा, २०५९, बलभन्दा बुध्दि ठूलो बालकथा, २०६० लगायतका कृति छन् । मलाई एउटा कथा भनिदिनोस् न २०५५ उनले अङ्ग्रेजीबाट अनुवाद गरेको बाल साहित्यको कृति हो ।

उनले विद्यालय स्तरका पाठ्यपुस्तक पनि लेखेका थिए ।

चञ्चलले साहित्य सेवाका लागि विविध पुरस्कार समेत प्राप्त गरेका थिए । उनले मैनाली कथा पुरस्कार २०४३, राष्ट्रिय बाल साहित्य पुरस्कार २०५४, बाल पुस्तक पुरस्कार २०४७, रत्न बाल पुरस्कार २०५७, नूर गङ्गा बाल साहित्य पुरस्कार २०६९ प्राप्त गरेका थिए ।

सरकारी सेवामा आफ्नो जीवनको लामो कालखण्ड बिताएका उनी साझा प्रकाशनका सञ्चालक तथा महाप्रबन्धक समेत भएका थिए ।

पछिल्लो समय उच्च रक्तचाप र मधुमेहबाट पीडित थिए ।

प्रकाशित मिति:January 8, 2024