४ सहसचिवको सरुवा

  Sampatti News

August 3, 2020

काठमाडौँ । विभिन्न मन्त्रालयमा कार्यरत ४ सहसचिवहरूको सरुवा भएको छ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मन्त्रालयले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव बाबुराम अधिकारीलाई प्रदेश नं. ५ को अर्थ मन्त्रालयमा सरुवा गरेको छ भने अधिकारीको ठाउँमा युवा तथा खेलकुद मन्त्रालयका सहसचिव बिनोद कुमार सिँहलाई पठाइएको छ। त्यस्तै भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबन्धु सुवेदीलाई युवा तथा खेलकुद मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव जयनारायण आचार्यलाई गृह मन्त्रालयमा सरुवा गरिएको छ।
मन्त्रालयल शुक्रवार सहसचिवहरूको सरुवा गरेको हो।

प्रकाशित मिति:August 3, 2020