गोंगबु बिनायक अस्पताल जनताको उपचारमा सक्रिय

  Sampatti News Online

January 10, 2024

काठमाडौँको गोंगबुस्थित रहेको विनायक अस्पताल तथा प्रसुतिगृह प्रा.ली.ले आफ्नो २७ औँ वार्षिक साधारणसभा सम्पन्न गरेको छ । शुक्रबार काठमाडौंमा वार्षिक साधारणसभा भएको थियो । २० गते सम्पन्न साधारणसभाले बिभिन्न पेसामा उद्कृष्ट सेवा गर्ने कर्मचारीलाई नगद सहित सम्मान गरेको थियो । करिव ४ करोड लगानीबाट सुरु भएको अस्पतालको सम्पति अहिले करिव ३९ करोड पुगेको भन्दै करिव ५ बर्षमा यस अस्पतालले आफ्नो सम्पति एक अर्व पुर्याउने लक्ष्य राखेको छ । अरिकल इभेन्ट पा।ली। महाराजगन्जमा भएको वार्षिक साधारणसभामा आफ्नो मन्तब्य राख्ने अधिकाँश संचालक समितिमा रहेका सदस्यहरुले व्यवस्थापनको उच्च प्रशंसा गरेका थिए ।

बि.स. २०५२ सालमा यो अस्पताल चावहिलमा स्थापना भएको थियो । बि.स.२०६१ सालमा गोंगबुमा सारिएको थियो । यो अस्पताल अहिलेसम्म भाडामा रहेको भवनमा भएपनि अब भने आफ्नो नयाँ भवन निर्माण गरेर सात बर्षभित्र सर्ने तयारीमा रहेको छ । करिव ५ बर्ष अगाडी नै अस्पतालले गोंगबुमा २ रोपनी जग्गा खरिद गरिसकेको छ भने अहिले ४ बर्षको लागि जग्गा भाडामा दिएकोले छिट्टै नै भवन निर्माण गर्ने तयारी भैरहेको छ । अस्पताल ८ तलाको बन्नेछ । करिव २० करोड लगानीमा बन्ने उक्त भवनमा २ तला अण्डरग्राउन पार्किङ हुनेछ । अब नयाँ भवन बनेपछि यो अस्पताल अहिलेभन्दा थप शशक्त र सुविधासम्पन्न बन्नेछ । आइसीयु र भेन्टिलेटरसहित आबस्यक अन्य सुबिधा पनि थपिने छन् । प्रबन्ध निर्देशक केपी लामीछानेले सबैको साथ र सहयोग लिई अस्पतालको उदेश्य र लक्ष्य हासिल गर्न लागि पर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । कार्यक्रमको संचालन नवराज लामिछानेले गरेका थिए । अहिले विनायक अस्पतालमा एक्स रे,भिडियो एक्स रे सेवासंगै सिटिस्क्यान सेवा पनि उपलब्ध भएको छ । द्धम् भिडियो एक्स रे सेवा समेत यस अस्पतालमा उपलब्ध छ । यस बाट गर्भवती महिलाहरुको पेटमा रहेको बच्चाको अवस्था, बच्चा चलेको लाइभ देख्न र बच्चाको अनुहार स्पष्ट देख्न तथा फोटो, भिडियो लिन समेत सकिनेछ ।

थाइराइड तथा ब्रेस्टको भिडियो एक्स रे पनि यसबाट हुन्छ । यो अत्याधुनीक सुबिधा सम्पन्न भिडियो एक्स रे सेवा हो । समय सापेक्ष र नयाँ प्रविधिको प्रयोग गरेर सुरक्षित रुपमा आमा र बच्चाको स्वास्थ स्थितिको जानकारी दिने र सम्भाव्य जोखिमबाट सतर्क गराउने तथा उचित उपचारको मार्गदर्शन गराउने भएकाले गर्भावस्थामा अल्ट्रासाउन्डको अत्यन्त उच्च महत्त्व रहेको छ। साथै यसमा इको (बिशेष मुटु हेर्ने) सुबिधा पनि रहेको छ । पछिल्लो समय प्रबन्ध निर्देशकमा केपी लामिछाने नेतृत्वमा आएपछि दिनप्रतिदिन विनायक अस्पतालको मुहार फेरिँदो अबस्थामा छ । विनायक अस्पतालमा हाल ५ आइसीयु र ३ भेन्टिलेटर रहेकोमा यसलाई पनि बिस्तार गर्ने योजना अस्पताल प्रसाशनले बनाएको छ । बिनायकले आधुनिक सुबिधासंम्पन्न ओपीडी सेवा थप गरेको छ । अब विनायकमा क्याबिनसहितको सुविधायुक्त रुममा आरामदायी रुपमा उपचार गर्न पाइने भएको छ । यस क्याबिनमा टेलीफोन,टेलिभिजन, इन्टरनेट,सोफा, आरामदायी बेड देखि तातो-चिसो पानी समेत उपलब्ध छन् । यस अस्पतालले अहिले एउटा मात्र रहेको (अपरेसन थ्रिएटर) बिस्तार गरि दुईवटा बनाएको छ । यस सुविधाले अब अपरेसन गर्दा पालो पर्खनुपर्ने बाध्यताको अन्त्य भएको छ । यस अस्पतालले स्पाइनल (घाँटीको पछाडिको भाग) को समेत उपचार गरिरहेको छ ।

यस अस्पतालमा डाक्टर ५५-६० जनाले सेवा दिईरहेका छन् भने डाक्टर,नर्स र अन्य कर्मचारीसहित करिव १२०-१३० जनाले सेवा दिइरहेका छन्। विनायकमा क्याबिनसहितको सुविधायुक्त रुममा आरामदायी रुपमा उपचार गर्न पाइनेछ । अस्पतालले २ वटा डिलक्स क्याबिनसहित ११ वटा क्याबिन संचालनमा ल्याएको छ । यस क्याबिनमा टेलीफोन, टेलिभिजन, इन्टरनेट, सोफा, आरामदायी बेड देखि तातो-चिसो पानी समेत उपलब्ध हुनेछन । अहिले अस्पतालले दाँतसम्बन्धि सम्पूर्ण उपचार गर्ने भएको छ ।अस्पतालले गरिब असाय जनताको निशुल्क उपचार गर्दै आइरहेको निर्देशक पशुपति लामिछानेले सम्पत्ति न्युज लाई बताए ।

प्रकाशित मिति:January 10, 2024